पुष्कर भट्ट, महेन्द्रनगर ।
भूमीसम्बन्धी समस्या समाधान आयोग र कञ्चनपुरको बेदकोट नगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
Advertisement
बिहीबार धनगढीमा आयोजित एक कार्यक्रमबीच आयोगका तर्फबाट उपसचिव राजेन्द्र बहादुर अर्याल र वेदकोट नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत पदम राज भट्टले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको थियो
नगरपालिकाभित्रको भूमि सम्बन्धी समस्या समाधानका लागि सो समझदारी गरिएको आयोगले जनाएको छ । समझदारीपछि भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गर्न सहज हुने नगर प्रमुख अशोक कुमार चन्दले बताउनुभयो ।