• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

मानवता हराएको सहर


  •   बुधबार, पुष ०१, २०७७ मा प्रकाशित
  • गुरुप्रसाद कुमाल ‘बुलबुल’ ।।
    २०७२ भदौदेखि असोजतिरको कुरा हो । चितवनमा एनसेल नेपालको एडिएसएस अप्टिकल फाइबर इन्स्टालेसन प्रोजेक्ट चलिरहेको थियो । यस प्रोजेक्टको ठेकेदार कम्पनी पश्चिमाञ्चल सोलुसन प्रालि पोखरा थियो । हामी थियौँ, यस कम्पनीका मजदुर ।

    Advertisement

    यस प्रोजेक्टमा कैलाली, बर्दिया, दाङ, तनहुँ, कास्की, पर्वत, बारा, झापालगायतका ठाउँबाट मजदुर आएका थिए । यस प्रोजेक्टमा लमही समूह विशेष थियो । लमही समूहले यसअघि नै पश्चिमाञ्चल सोलुसनमार्फत नेपाल टेलिकमको एडिएसएस प्रोजेक्ट सम्पन्न गरिसकेको थियोे । लमही समूहले लमही–झिमरुक, तुलसीपुर–सल्यान, प्युठान–अर्घाखाँची–गुल्मी, पोखरालगायत ठाउँमा आफ्नो कार्यक्षमता देखाइसकेको थियोे ।

    म भने यस काममा नयाँ थिएँ । नयाँ भए पनि राम्रो काम गर्ने साथीहरूसँग मिसिएर गएको थिएँ । ‘लमही टिम’ भनेर साहुले खुबै प्रशंसा गर्थे । त्यसमा पनि नारायणप्रसाद कुमालको सबैले खुलेर प्रशंसा गर्थे । यस पटक भने नारायण थिएनन्, विदेश गइसकेका थिए । नेपालमै राम्रो तलब, अनि अन्य सेवासुविधा पाए कोही पनि विदेशिँदैनथे होला । आखिर कहिलेसम्म नेपाली युवाले विदेशीको चाकडी गर्नुपर्ने हो ?

    चितवनको रामपुर बसाइ रहेछ । हामी त्यहाँ पुग्दा अरू ठाउँबाट मजदुरहरू आइसकेका थिए । केही ठाउँबाट अझै आउँदै रहेछन् । हामी त्यहाँ पुग्दा साथीहरूले बस्नका लागि हलकोठा सफाइ गरिरहनुभएको थियोे । त्यहाँ कसैले धानको भकारी अर्काे कोठामा सार्ने काम गरे । कोहीले भने बढार्ने आदि काम गर्यौं । यसरी सबै मिलेर हलकोठा सफा गर्यौं । अनि, साँझपख लगभग ८०–९० जना समूह त्यही हलकोठामा खाना खाएर सुत्यौँ ।

    भोलिपल्ट हाम्रो छुट्टाछुट्टै समूह बनाइयो । यसअघि प्रोजेक्ट गरेकालाई मुख्य नेतृत्व दिएर समूह बनाइएको थियो । कम्पनीका म्यानेजिङ डिरेक्टर चन्द्र भट्टराई पनि फिल्डमा खटिएका थिए । इन्जिनियर सुमन लामिछाने र आनन्द भट्टराई थिए । शिव शाही, भुवन भट्टराई, रोशन पौडेल, राजन बराल, सुरेन्द्र लामिछाने, अरविन्द चौधरीलगायतको समूह फाइबर तान्न हिँड्यो । सबै साथीहरूले हातमा पन्जा, ज्याकेट, हेलमेट र बेल्टलगायतको सुरक्षाका सामग्री प्रयोग गरेर हिड्दा नेपालका फौजीहरूले बाटो बनाउन हिँडेजस्तो देखिन्थ्यो । साँच्चै भन्ने हो भने हामी देश बनाउनकै लागि हिँडेका थियौँ । अहिले त्यही फाइबरमा फोरजी चलिरहेको छ । अब फाइभजी चलाउने तयारी हुँदै छ ।

    हाम्रो समूहले रामपुरबाट फाइबर तान्न सुरु गर्याे । केही साथीहरूले फाइबर तान्ने, केहीले खोल्ने, एक जनाले विद्युतको पोलमा भर्याङ लाउने र बोक्ने, अनि अरूले ड्रमबाट फाइबर खोल्ने यसरी कार्यविभाजन भयो ।

    पहिलो दिन म फाइबर तान्ने समूहमा मिसिएँ । सुरुमा त सजिलो हुने रहेछ । पछि फाइबर तान्दा तान्दा एक किलोमिटर दुरी पुग्दानपुग्दै तान्नै गाह्रो हुन्थ्यो । एउटा ड्रममा दुई किलोमिटर फाइबर हुन्छ । एक किलोमिटर तानिसकेपछि फाइबर खोलेर अङ्ग्रेजी ‘आठ’ (एट) बनाउनु पथ्र्यो । एट बनाइसकेपछि अर्काे टुप्पो अर्काेतिर तान्थ्यौँ ।

    भदौरे घाम, त्यहीमाथि फाइबर जोरकातोर तान्नुपरेको छ । पसिनाले पुरै जिउ भिजेको छ । ज्यान थाकेर लखतरान परेको छ । यो देखेर गाउँलेहरू टिठाउँथे । ‘पानी खाऊ बाबु हो, एक छिन आराम गर’ भन्थे । पानी दिन्थे; काँक्रा काटेर खान दिन्थे ।

    लेबरनगर हो या लेबरगन्ज हो, त्यहाँको बुढी आमाको खुबै याद आउँछ । सानो चिटिक्कको घरमा ती बुढी आमा एक्लै हुनुहुन्थ्यो । उहाँले एकछिन भए पनि आराम गर भनेर घरभित्रबाट मुढा ल्याएर बस्न दिनुभयो । चिसो पानी पिउन दिनुभयो ।

    उहाँको घरनजिक धारा थिएन । पानी लिन अलि टाढा जानुपर्दाे रहेछ । त्यति टाढाबाट पानी बोकेर पिलाउने आमाको आँगन आफ्नै घरको आँगनजस्तो लाग्यो । ती आमा आफ्नै आमाजस्तो लाग्यो । आफ्नै देश परदेशजस्तो भएको त्यो क्षण काम छोडेर घरतिर भागौँजस्तो लाग्यो । सँगै काम गर्ने साथीहरू गणेश, लक्की, अनि शरद काम छोडेर घरतिर लागे । मेरो मात्र मुख भए त हिँडिदिए पनि हुन्थ्यो, त्यसैले म काममा खटिइरहेँ ।

    तोरीखेततिरको कुरो हो । एक जना अधबैँसे महिलालाई कैलालीबाट आएका सीताराम चौधरीले ‘ए भाउजू ! खुर्पा दिनुस् न, रुखको हाँगा काट्नुपर्याे’ भने छन् । ‘तेरो दाइले बिहे गर्या’छ र भाउजु भन्छस ?’ ती आइमाईले दिइछन् । यस्तै अरू पनि नानाथरि कुरा भनिन् । साथीहरू कोही गलल्ल हाँसे । कोही चुप लागेर सुने । धेरै बोल्ने कुरा भएन ।

    हप्तादिनपछि म टेन्सन लाउने काममा लागेँ । टेन्सन लाउन एकदमै जोखिमको काम हो । टेन्सन आल्मुनियमको हुन्छ । लाउँदा–लाउँदै विद्युतको तारमा छोइयो भने करेन्ट लागेर मर्नेबाँच्ने ठेगान हुँदैन ।

    केही दिनपछि सस्पेन्सन लाउने हाम्रो समूह बन्यो । पोलमा रामु चढ्थे । हामी कोही सस्पेन्सन बोक्थ्यौँ । कोही भर्याङ बोक्ने, पोलमा लाउने काम गर्थे । रामु एक्लै पोलमा चढ्दा थाक्थे । अरूले पाँच सयका लागि कसले ज्यान जोखिममा राख्छ भनेर पोलमा चढ्दैनथे । ‘हाम्रा गाउँका केटाहरूले काम सिक्नै चाहन्नन्’ भन्न थाले रामुले ।

    पछि मैले पनि महसुस गरेँ; अनि, पोलमा चढेर सस्पेन्सन लाउन थालेँ । यसरी काम गर्दा धेरै पटक करेन्ट लाग्यो । क्लेम्प गर्दा पत्तीले विद्युतको तार छुने रहेछ; अनि, झट्का हान्थ्यो । पट्याङ आवाजसहित आगोको झिल्का निस्कन्थ्यो ।

    एक पटक करेन्ट लागेर म झन्डै मरेँ । घटना रोजगार्डेनतिरको हो । गाउँतिरको काम सकेर हामी सहर पसिसकेका थियौँ । रोजगार्डेनको त्यो टोलको बाटो भर्खरै कालोपत्रे गरिएको थियोे । त्यहाँका मान्छेले भर्याङ लाउन दिँदैनथे । कालोपत्रे उप्किन्छ भन्थे ।

    सस्पेन्सन लाउँदै जाँदा एउटा घरमा विद्युतको पोल घरको पर्खालभित्र परेको थियो । त्यस घरको आँगनमा भर्खरै मार्बल लाएको थियोे । त्यस घरकी महिलाले गेटबाट भित्र जानै दिइनन् । बाहिरबाट काम गर्न सक्ने अवस्थै थिएन । एकदमै जोखिम थियोे । जति बिन्ती गरे पनि भित्र गएर काम गर्ने अनुमति नपाएपछि बाहिरबाट भर्याङ लाएर पोलमा चढेँ ।

    फाइबर पोलको पल्लो पट्टि थियोे । पल्लो पट्टिको फाइबरमा सस्पेन्सन लाउनुपर्ने थियोे । एकदमै सावधानीका साथ क्लेम्प गरेँ । अब सस्पेन्सन लाउँछुभन्दा विद्युतको तारलाई अँगालो हाल्न पुगे छु । केही सेकेन्डसम्म मजाले चुम्बन गर्याे करेन्टले । पछि ठुलो झट्का दिएर छोड्यो; अनि, बल्ल म ठुलो आवाजमा चिच्याएँ ।

    साथीहरू “के भयो” भन्दै दौडेर आए । म फटाफट तल झरेँ । ‘म ठिकै’ छु भनेँ । करेन्टले कसरी चुसेको थियो भन्ने त मलाई मात्र थाहा थियो, जुन म शब्दमा व्यक्त गर्न न त्यति बेला सकेँ, न अहिले सक्छु ।

    जे होस्, करेन्ट लाग्यो भन्ने थाहा सबैले पाए । म बाचेँ । मलाई युद्ध जितेर आएजस्तै लाग्यो । करेन्टको झट्काले निमेशभरमा हाम्रो जीवन कसरी निल्न सक्दो रहेछ ? अचम्म लाग्यो । नगन्य समयमा मैले मेरो परिवार, नातागोता, साथीभाइ, अहिलेसम्म गरेका राम्रानराम्रा सबै काम सम्झेर एक मनले बिदा पनि लिइसकेको थिएँ ।

    मलाई करेन्ट लागेपछि बल्ल ती महिलाले गेटबाट भित्र गएर काम गर्न दिइन् । त्यही दिन त्यही टोलमा ओमप्रकाश र देवराजलाई पनि करेन्ट लागेको थियोे ।

    गाउँमा मान्छेहरू एकर्कालाई सहयोग गर्छन् । अप्ठ्यारोमा सहभागी हुन्छन् । पानी माग्दा मही दिन्छन्, तर सहरका मान्छे स्वार्थी हुन्छन् । मान्छेका मानवता भन्ने हुँदैन । सहरमा मानवता हराइसक्यो, सायद !? त्यस दिन करेन्ट लागेर म मरेको भए ती महिलालाई कत्ति पनि पछुतो हुँदैनथ्यो होला कि ?

    बुधबार, पुष ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.