अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ मा निशुल्क मास्क वितरण गरिको छ। दक्षिण कोरियामा रहेका ढाकावाङबासी युवाहरुको सहयोगमा मंगलबार निशुल्क मास्क वितरण गरिएको हो ।
फ्यङथेक माईग्रेन्ट वेलफेर सेन्टर नेपाली समिति दक्षिण कोरिया र भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ ढाकावाङका ६ जना कोरियामा बस्ने युवाहरु योगेश भुसाल, कमल बन्जाडे, रामजी बन्जाडे, सुशील भुसाल, केशव खनाल र शिव बेल्वासेको आर्थिक सहयोगमा मास्क सहयोग गरिएको छ ।
यस्तै, ढाकावाङका विशाल वेल्वासे, राजु बन्जाडे, प्रकाश खनाल, शुनिल बन्जाडे, केशव भुसाल, कैलास बेल्वासे, नवीन वेल्वासे, बावुराम खनाल र टेकराज भुसाल लगायतको बिशेष सहयोग रहेको थियो ।
भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ नम्वर वडा साविक ढाकावाङ गाविसका विद्यालय, संघ संस्था तथा प्रत्येक टोलमा निःशुल्क पन्ध्र हजार मास्क वितरण गरेको फ्यङथेक माईग्रेन्ट वेलफेर सेन्टर नेपाली समिति दक्षिण कोरियाका पूर्व अध्यक्ष तथा मास्क वितरण कार्यक्रम संयोजक राजेन्द्र बेलवासेले जानकारी दिनुभयो ।