जुमानसिंह केसी, प्युठान ।
प्युठानको मल्लरानी गाउँपालिकाकाले वडास्तरमा अपांगता परिचयपत्र वितरण गर्ने भएको छ । गाउँपालिकाका उपाध्यक्ष एवम् स्थानीय अपांगता परिचयपत्र वितरण समन्वय स्समितिका संयोजक सरिता जिसीको अध्यक्षतामा बसेको बैठकले पालिकामा अपांगता परिचयपत्रको लागि पर्न आएका निवेदन माथि छलफल गरी वर्गीकरण अनुसार परिचयपत्र दिने निर्णय गरेको हो ।
बैठकले अपांगता भएका व्यक्तिहरुको सहजताका लागि सबै वडामा घुम्ती शिविर सञ्चालन गर्ने निर्णय गरेको छ । अपांगता परिचयपत्र वितरण कार्यबिधी २०७५ अनुसार अपांगता परिचयपत्र स्थानीय तह मार्फत वितरण गर्न लागिएको उपाध्यक्ष जिसीले बताउनुभयो । उहाँले कोभिड १९ को कारण अपांगता लगाएतका वर्ग धेरै जोखिममा परेको र पर्न सक्ने भएकोले सबैको विशेष ध्यान दिनु पर्ने बताउनुभयो ।
स्थानीय रेडियो मार्फत प्रचारप्रसार गरिने साथै वडामा समन्वय गरि ०७७ साल पौष महिना भित्र गाउँमै सेवा प्रदान गरिने प्रमुख प्रसाकीय अधिकृत बालकृष्ण थापाले जानकारी दिनुभएको छ । अपांगताको अबस्था अनुसार पुर्ण अशक्त, अति अशक्त, मध्यम र सामान्य अपांगता गरी चार भागमा वर्गीकरण गरिएको छ।