ठाकुर पौडल, प्युठान ।
प्युठानको मल्लरानि गाउँपालिका वाड नं २ बान्नामा पहिलो पटक बस सेवा सञ्चालन भएको छ । आइतबार आयोजित एक कार्यक्रमबीच प्युठान जिल्ला विकास समितिका पूर्व सभापति एवं राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले बसपार्क तथा बस सेवाको उद्घाटन गर्नुभयो ।
Advertisement
स्थानीय भानुभक्त उच्च मावि बर्बोटका विद्यार्थीको लागि बस सञ्चालन गरिएको हो । सो अवसरमा मन्तव्य राख्दै राजमो नेता खत्रीले गाउँदेखि टाढा रहेको विद्यालयसम्म पुग्न बस सञ्चालनपछि विद्यार्थीहरुलाई सुविधा हुने बताउनुभयो ।
मल्लरानि गाउँपालिका अध्यक्ष अमरध्वज रानाको प्रमुख आतिथ्यता तथा वाड नं २ का वडाअध्यक्ष लेखबहादुर थापाको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो ।