दुबई । युएई नेपाली एकता समाज महासचिव टिकाराम नेपालीलाई मातृशोक परेको छ । बाग्लुङको जैमिनी नगरपालिका–८ छिस्ती निवासी महासचिव नेपालीकी आमा भूमा नेपालीको आज विहान करिव ६ बजे निधन भएको हो ।
Advertisement
महासचिव नेपालीकी आमाको मृत्युप्रति युएई नेपाली एकता समाजले दुःख व्यक्त गरेको छ।
कार्यबहाक अध्यक्ष दिनेश थापाले बिहीबार शोक विज्ञप्ति प्रकाशित गरी मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।