शुक्रराज भण्डारी, दाङ ।
दाङको कम्यूनिष्ट पार्टी स्थापनाका संस्थापक कम्यूनिष्ट नेता माणिकलाल गौतमलाई अन्तिम श्रद्धान्जली सहित आज बुधवार अन्त्येष्टि गरिएको छ । घोराहीको कटुवाखोलाघाटमा गौतमको सम्झनामा एक मिनेट मौनधारण गरी अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको हो ।
सो अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले श्रद्धाञ्जली मन्तव्य राख्नु भएको थियो । मुख्यमन्त्री पोख्रेलले माणिकलालले स्थापना गरेको कम्यूनिष्ट पार्टी दाङमा बर्चश्व कायम गर्न सफल भएको बताउनु भयो । कम्यूनिष्टहरुले क्रान्ति गर्न जानेको तर व्यवस्थापन गर्न नजानेको बताउँदै कम्यूनिष्ट पार्टी सञ्चालनमा कमि रहेको बतानुभयो ।
गौतमको अन्तिम श्रद्धान्जलीका अवसरमा राष्ट्रिय जनमोर्चा कार्यकारी अध्यक्ष रश्मिराज नेपालीसहित ठुलो संख्यामा विभिन्न वामपन्थी नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।