रवि पौडेल
सितल दिन्छ छहारीले
हावा दिन्छ रुखले
गरिबलाई सताउँछ
बेरोजगार र दुःखले ।
बालुवाले पानी सोस्छ
सिकारीले जीवन खोस्छ
शाषकहरू भ्रष्ट हुन्छन्
मिठा मिठा कुरा गर्छन् ।
हिमाल त्यसै टल्किदैन
हिउँ त्यहाँ हुन्छ
नेपाल को रक्षा गर्ने
एउटा व्यक्ति कुन छ ?
रुख भन्न सुहाउँदो हाँगा हुनुपर्छ
बादशाहलाई घोडाबाट जनता ले झार्छ
किसानले खेतीपाती दुख त्यहाँ गर्छ
एकैछिनमा सामन्तले भकारी भर्छ ।
गरिबहरू छट्पटीले ज्यान दिनुपर्ने
नोकरशाही नेताहरू प्लेन चढ्नुपर्ने
राज्यकोषको पैसा सबै शासकले खाने
गाउँमा गरिब जनताको अकालमा ज्यान जाने ।
पानी ओत्ने घर छैन झुपडीको बास
बिहान र बेलुकालाई खानु छैन गाँस
नेताहरू समृद्धिका फुक्ला गफ गर्ने
सिटामोल गाउँमा छैन जनता ब्यर्थै मर्ने ।
चुनावका बाधाहरू घोषणापत्रमै रहे
एक पटक गाउँमा आए भाषण गरे गए ।
न्याय दिने कानुन पनि अदालतमै रह्यो
कानुन बोल्ने ठेली पनि धुजा धुजा भयो ।
जनताको सेवा गर्नेहरू कहाँ गए
जुन सरकार आए पनि गुलाम बनिरहे
कार्यकर्ता, नेतादेखि सबै गुलाम भए
सर्वहारा मजदुरका दिन कहाँ गए ?
जनतादेखि राष्ट्र सबै शासकले ठग्ने
साम्राज्यवादले हेपिसक्यो जनता कहाँ भाग्ने ?
देशको मुहार रुँदै भन्छ मलाई बचाऊ भनी
नेपालआमा रुदै भन्छिन लुछिसके भनी ।