धनवीर पुन, नयाँ दिल्ली ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिका अध्यक्ष वेदबहादुर कार्कीको पहल तथा विशेष उपस्थितिमा धरमपुरमा नगर समिति गठन गरिएको छ ।
भेलाले उदय बिकको अध्यक्षतामा धरमपुर नगर समिति गठन गरेको हो । जसको उपाध्यक्ष– टेकराज बाठा, सचिव– नवीन बाठा, सहसचिव– प्रेम विक र कोषाध्यक्ष– धन बहादुर भण्डारी रहनुभएको छ ।
त्यस्तै सदस्यमा प्रेम विक ‘ख’, जय चुनारा, प्रेम सुनार, अमर टमटा, गणेश डांगि, आकाश विक, करण विक, करन बहादुर तथा वैकल्पिक सदस्यमा गंगाराम बाठा र गणेश मिजार रहनुभएको छ । भेलाले बिरु विक र धन बहादुर विकलाई सल्लाहकार चयन गरेको छ ।
उदय विकको अध्यक्षता, नवीन बाठाको सञ्चालन तथा टेकराज बाठाको स्वागत मन्तव्यमा सम्पन्न भेलामा क्षेत्रीय अध्यक्ष वेदबहादुर कार्कीले नयाँ समितिलाई कार्यकाल सफलताको शुभकामना तथा बधाई दिनुभएको थियो ।