• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

मुकुन्द रोकाकी जीवन संगीनी र छोरीको सम्झनामा श्रद्धाञ्जली सभा


  •   मङ्गलबार, मङि्सर २३, २०७७ मा प्रकाशित
  • दाङ । अखिल नेपाल युवक संघका उपाध्यक्ष मुकुन्दराज रोकाकी जीवन संगीनी जमुना र छोरी जेनिसाको सम्झनामा दाङमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । अखिल नेपाल युवक संघ केन्द्रीय समितिको आयोजनामा मंगलबार स्मृति सभा गरिएको हो ।

    Advertisement

    भालुवाङमा आयोजित सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले यो घटनाले पार्टीलाई अपुरणीय नोक्सानी भएको बताउनु भयो । उहाँले शोकलाई शक्तिमा बदल्ने प्रयत्न गर्न सबैसँग आग्रह गर्नुभयो ।

    कार्यक्रममा राजमो उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलले घटना बिर्सनै नसक्ने भएको भन्दै पार्टी र आफू पनि हरेक तह र तप्काबाट बेपत्ता छोरी जेनिसा रोकाको खोज तलास र मुकुन्द रोकाको उपचारमा लागेको बताउनु भयो । युवक संघका अध्यक्ष अनिलकिशोर घिमिरेले घटनापछि संगठन निरन्तर खोज तलास र उपचारमा लागेको भन्दै केही दिनमा मुकुन्द रोका निको भएर घरमै आउने बताउनु भयो।
    राजमो जिल्ला अध्यक्ष गणेश आर्चायले दुर्घटनाले पार्टीलाई स्तब्ध पारेको भन्दै जिम्मेवारीका साथ मुकुन्द रोकाको उपचारमा सबैको साथ र सहयोगको आवस्यक रहेको बताउनु भयो ।

    स्वर्गीय जमुना रोकाका ससुरा बुवा तथा जेनिशाका हजुरबुवा धनबहादुर रोकाको अध्यक्षता तथा युवक संघका केन्द्रीय उपाध्यक्ष तथा दाङ जिल्ला अध्यक्ष चित्र यमसीको सञ्चालनबाट अघि बढेको कार्यक्रममा राजमो प्युठान जिल्ला सदस्य दुर्गा प्रसाद भुसालले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।

    मंसिर ११ गते छोरी जेनिसाको उपचारका लागि अखिल नेपाल युवक संघका उपाध्यक्ष मुकुन्द रोकाको परिवार काठमाडौं जाँदै गर्दा उहाँहरु चढेको लु.१ च. ९७३१ नम्बरको जिप मुग्लिन नजिकैबाट त्रिशुलीमा खसेको थियो ।

    मुग्लिनदेखि २ किलोमिटर कुरिनटारतर्फ त्रिशुलीमा खस्दा चालक केसी र जिपमा सवार युवक संघका उपाध्यक्ष मुकुन्द रोकाकी श्रीमती जमुना रोकाको घटनास्थलमै निधन भएको थियो । छोरी जेनिसा हालसम्म पनि वेपत्ता हुनुहुन्छ भने उपाध्यक्ष रोका घाइते अवस्थामा चितवन मेडिकल कलेजमा उपचाररत हुनुहुन्छ । उहाँ त्रिशुली नदीमा पौडिएर बाँच्न सफल हुनुभएको हो ।

    मंगलबार आयोजित श्रद्धाञ्जली सभामा राजमोका नेता कार्यकर्ता, परिवारजन र आफन्तसँगै स्थानीयको उपस्थिति रहेको थियो ।
    परिवारका सदस्यहरु जमुना रोकाकी सासु आमा तथा जेनिशा रोकाकी हजुर आमा उजेला रोका, छोरा तथा भाइ ज्याक रोका, देवर तथा कान्छो अन्कल रामु रोका, देवरानी तथा कान्छी अन्टि मेनका जिसि, छोरा तथा भाइ पृन्स रोका, दिदी हिमाली पुन, नन्द बहिनी शुसिला नेउपाने नन्दे भाइ प्रकाश नेउपाने कान्छो ससुरा लाल बहादुर रोका र देवर प्रेम रोकाको अतिथ्यता रहेको थियो ।

    त्यस्तै, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज खगा राना , युवक संघका केन्द्रीय सदस्य हुमलाल नेपाली , युवक संघका पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोख्रेल , अखिल नेपाल किसान महासंघका केन्द्रीय कोषध्यक्ष प्रेम नारायण आचार्य , अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य केशव राज आचार्य , राजमो दाङ जिल्ला सदस्य ठाकुर आचार्य , राजमो प्युठान जिल्ला सदस्य चेत नाथ योगी , अखिल नेपाल ट्रेड युनियनका केन्द्रीय सदस्य तथा प्युठान जिल्ला अध्यक्ष शुरेस कुमार श्रेष्ठ , राजमो दाङका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार नर बहादुर केसी , तराइ मधेस जनवदी मोर्चाका केन्द्रीय सदस्य बुधर अलि , रक्तिम सास्कृतिक अभियान दाङका जिल्ला सदस्य बिक्रम पाण्डेय , महिला नेत्री हुमा मास्के साथै होटल ब्यवसायी संघ भालुबाङका अध्यक्ष महेश बेल्बासे लगायत सहभागी हुनुहुन्थ्यो ।

    मङ्गलबार, मङि्सर २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय
    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • २.
      हार्दिक शुभकामना

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ४.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    • ५.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • ६.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ७.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ८.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.