परासी । अखिल नेपाल महिला सङ्घ नवलपरासीको आयोजनामा नवलपरासी प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम सम्पन्न भएको छ । २०७७ मङ्सिर २१ गते सो ज्ञापन बुझाइएको हो ।
Advertisement
ज्ञापनपत्र बुझाउन महिला सङ्घकी जिल्ला अध्यक्ष सम्झना सुवेदीको नेतृत्वमा जिल्ला समितिका सदस्यहरू विमला राना, धनमाया थापा, तारा गौतम, महिला सङ्घकै जिल्ला सल्लाहकारहरू इन्दिरा रोका र रेवती घिमिरे तथा राष्ट्रिय जनमोर्चा नवलपरासीका अध्यक्ष किसनबहादुर अधिकारी र राजमो नवलपरासीका सल्लाहकार तिलकप्रसाद सुवेदीसहितको प्रतिनिधि मण्डल जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।
प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा महिला हिंसालाई गम्भीर रूपमा लिएर त्यसलाई तत्कालै रोक्न तथा महिला समानताको पक्षमा ठोस कदम उठाउन आग्रह गरिएको बताइएको छ ।

