वीरेन्द्रनगर । महिलामाथि भइरहेका महिला हत्या, हिंसा विरुद्ध अखिल नेपाल महिला सङ्घ सुर्खेतले ज्ञापनपत्र बुझाएको छ ।
Advertisement
अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य कृष्णा रावल र राष्ट्रिय जनमोर्चा सुर्खेतका सचिव लालबहादुर नेपालीसहितको प्रतिनिधि मण्डलले मङ्सिर २१ गते सदरमुकाम वीरेन्द्रनगर पुगी ज्ञापनपत्र बुझाइएको हो ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई बुझाइएको ज्ञापनपत्रमा महिलामाथि बढ्दै गइरहेको हिंसा तत्कालै रोक्न माग गरिएको छ । त्यसैगरी महिला समानताको लागि पनि सरकारले गम्भीरतापूर्वक पहिलकदमी गर्न पनि ज्ञापनपत्रमा माग गरिएको छ ।