कावासोती । अखिल नेपाल महिला सङ्घ नवलपुरले महिला हिंसाको विरुद्धमा ज्ञापनपत्र बुझाएको छ ।
Advertisement
महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष सरस्वती पौडेलको नेतृत्वमा मङ्सिर २१ गते गएको प्रतिनिधि मण्डलले प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीलाई ज्ञापन बुझाएको हो ।
ज्ञापनपत्र बुझाउनुपूर्व महिला सङ्घकी नवलपुर जिल्ला अध्यक्ष विष्णु पाण्डेले ज्ञापन वाचन गर्नुभएको थियो ।
कार्यक्रम बुझाउन महिला सङ्घ नवलपुरका गीता सापकोटा, कला राई, सरिता सापकोटा र राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारीसहितको प्रतिनिधि मण्डल जिल्ला प्रशासन कार्यालय नवलपुर पुगेको थियो ।