धनगढी । अखिल नेपाल महिला सङ्घ कैलालीले महिला हिंसाका विरुद्ध प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
Advertisement
अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य तथा कैलाली अध्यक्ष कुन्तीदेवी पाण्डेयले ज्ञापनपत्र पढेर कैलालीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्र बुझाउन राजमो केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्ट, राजमो कैलाली सचिव जगतप्रसाद जोशी, अखिल नेपाल महिला सङ्घ कैलाली सचिव मेनुका पाण्डेयसहितको टोली जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।
अखिल नेपाल महिला सङ्घ कैलालीकी उपाध्यक्ष अन्जना मास्केले कार्यक्रमको संयोजन गर्नुभएको थियो ।

