कपिलवस्तु । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कपिलवस्तु जिल्ला सदस्य गणेश थारु ‘विकल्प’ लाई पक्राउ गरेको छ।
Advertisement
बाणगंगा नगरपालिका–३ सिउटी का ३९ वर्षीय थारुलाई शिवराज नगरपालिका–२ हल्लानगरस्थित सुनमाया घर्ति मगरको घरमा बसिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
विप्लव समूहका कपिलवस्तु जिल्ला कमिटी सदस्य तथा शिवराज नगर समितिका सचिव शिवराजको साथबाट सो समूहका दस्तावेज बरामद भएको प्रहरीले जनाएको छ ।
विप्लव नेकपामाथि सरकारले प्रतिबन्ध लगाएपछि सो समूहका नेता कार्यकर्ताहरुमाथि प्रहरीले धरपकड जारी राखेको छ ।