वसन्त खड्का
सन्धिखर्क । अर्घाखाँचीको नरपानीमा “वातावरण र पर्यटनबिच अन्तरसम्बन्ध” विषयक नगरस्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
प्रमुख अतिथि प्रमुख कमल भुसालले वातावरणको विनास चुनढुङ्गा उत्खननले मात्र नभई हामी सबै मिलेर बिगारिरहेका बताए । उनले सरकारसँग लाइसेन्स लिएर जग्गा लिजमा लिएको कम्पनीको कार्य नगरस्तरीय निर्णय गरार्इ रोकाबट गर्न नीतिनियमले नदिने भन्दै फरक तरिकाबाट त्यसको संरक्षणको पहल गर्नु पर्नेमा जोड दिए ।
खाँचिकोट नरपानी वातावरण सरोकार समूहको आयोजनामा आज सम्पन्न उक्त कार्यक्रममा वक्ताहरूले चुनढुङ्गा उत्खननको कारण त्यस क्षेत्रमा प्रदुषण बढ्नुका साथै महाभारत शृङ्खलाअन्तगैतका चुरे मास्नु गलत भएको भन्दै उत्खनन तत्काल रोकनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको बारेमा अभियन्ता पदम केसीले प्रकाश पारेपछि मन्तब्य राख्नेहरूमा सन्धिखर्क–७ का राष्ट्रिय जनमोर्चाका अध्यक्ष दिलदार हुसेन, नेपाली काङ्ग्रेस वडा नं. ७ का सदस्य गोपाल भुसाल, नेपाली काङ्ग्रेस सन्धिखर्क ६ का सभापति बुद्धि न्यौपाने, अभियन्ता विष्णु थापा, सन्धिखर्क ७ का वडा सदस्य बिष्णु भुसाल, आदर्श मावि खाँचिकोटका प्रधानाध्यापक डिल्ली थापा, सन्धिखर्क ६ का वार्ड अध्यक्ष कृष्ण आचार्य, राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष कमल घिमिरे र नेपाली काङ्ग्रेस सन्धिखर्क नगर सभापति विनोद आचार्यले सम्बोधन गरेका थिए ।
कार्यक्रममा विशेष अतिथिमा शेरबहदुर बिसी, राजमो जिल्ला अध्यक्ष थम्मन केसी, नेकपा मसालका जिल्ला प्रवक्ता पशुपति ढकाल, राजमो नेताहरू गोबिन्द बिसी, यमलाल पोख्रेल, गोपाल पौडेल, अखिल नेपाल युवक सङ्घका जिल्ला कोषाध्यक्ष बसन्त खड्कालगायतका बौद्धिक ब्यक्तित्वको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता वातावरणसम्बन्धी अभियन्ता पदम केसीले तथा सञ्चालन गणेश थापाले गरेका थिए ।

