काठमाडौं । बझाङकी १२ वर्षीया बालिका सम्झना विकको बलात्कार गरी हत्या गरेको आरोपमा सुधार गृहमा बसेका राजेन्द्र बोहरा भाग्ने प्रयास गरेका छन् ।
Advertisement
पुर्पक्षका लागि डोटीस्थित बाल सुधार केन्द्रमा राखिएका उनलाई कोरोना संक्रमण भएपछि यही मंसिर ६ देखि डोटी जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । बिहीबार राति १० बजे अस्पतालको झ्यालको सिसा फोरेर उनी भागेका थिए । बोहरालाई प्रहरीले शुक्रबार बिहान जंगलबाट फेला पारेको जनाएको छ ।
बझाङको मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झनाको बलात्कार/हत्याका अभियुक्त बोहरा आइसोलेसन कक्षको झ्याल फोरेर भागेका हुन् । बोहराले सम्झनाको बलात्कारपछि हत्या गरेको स्वीकार गरिसकेका छन् ।
उनको जन्ममिति विवादित भए पनि परिवारले उनी नाबालिग नै रहेको दाबी गरेपछि उनलाई सुधार गृहमा राखिएको हो ।