काठमाडौं । थाइल्याण्डमा झरनाबाट खसेर ६ वटा हात्तीको ज्यान गएको छ ।
Advertisement
थाइल्याण्डको दक्षिणी क्षेत्रमा रहेको खाओ यई राष्ट्रिय निकुञ्जमा रहेको झरनामा छावा (बच्चा हात्ती) खसेपछि अरु हात्ती जोखाउने प्रयासमा लागेका थिए । तर उनीहरु पनि खस्दा सबैको मृत्यु भएको सरकारी अधिकारीले बताएका छन् ।
शनिबार ६ वटा हात्ती खसेर मरेकै ठाउँमा रहेका अरु दुई हात्तीलाई उद्धार गर्ने प्रयास गरिएको छ । हेल्स फलका रुपमा परिचित सो झरनामा यसअघि पनि यस्तै प्रकृतिको घटना भएको थियो । सन् १९९२ मा सोही ठाउँबाट खसेर ८ वटा हात्ती मरेका थिए । एजेन्सी