काठमाडौं । ईलाका प्रहरी कार्यालय खुर्द, खजुरा, बाँकेमा कार्यरत इन्चार्ज प्रहरी सई लुद्रबहादुर केसी र हवल्दार राजेश बहादुर द्वाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
Advertisement
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सई केसी र हवल्दार द्वाल उपर बिगो रु १३ हजार कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार प्रहरी हवल्दार द्वालले हाल निजी जग्गामा रहेको आँप जातको काठ चिरान मिल र इट्टा भट्टामा लैजानको लागि सहजीकरण गरिदिने भनि सेवाग्राहीसँग रु १३ हजार घुस रकम लिएका थिए ।
अनुसन्धानको सिलसिलामा सो रकम प्रहरी नायव निरीक्षक केसी र हवल्दार द्वाल दुवै जनाले घुस बापत माग गरेको खुल्न आएको अख्तियारले जनाएको छ ।