पुष्कर भट्ट, महेन्द्रनगर ।
कञ्चनपुरमा बिहीबार र शुक्रबार लगातार दुई जनाको हत्या भएको छ । शुक्रबार बिहानै बेदकोट नगरपालिका–४ का २४ वर्षीय कमल सुनारको शब महेन्द्रनगर वडा प्रहरी कार्यालय नजिकै भेटिएको हो ।
Advertisement
प्रहरी कार्यालयबाट करिब १०० मिटर पर भानु टेन्ट हाउस पछाडी घाँटीमा टेलिफोनको तार वेरिएको अवस्थामा मृत फेला पारेका हुन् ।
यसअघि बिहीबार भीमदत्त नगरपालिका वडा नं ६ का राजेन्द्र चन्द भिनपा–१० मा मृत फेला परेका थिए । चन्दको हत्या भएको एक दिन पछि प्रहरी कार्याल छेउमै अर्का युवकको हत्या भएको घटनाले जनमानसमा त्रास फैलिएको छ ।
पछिल्ला दिनमा कञ्चनपुरमा एक पछि अर्को गर्दै हत्या र अपराधका घटना बढ्नुले प्रहरी प्रशासनको सुरक्षाप्रति प्रश्न खडा भएको स्थानीय बताउँछन् ।