काठमाडौँ । आज बिहानको त्रिशुली सडक दुर्घटनाबाट कुवेत नेपाली एकता समाज मर्माहत भएको छ । समाजका महासचिव खुम रायमाझीको हस्ताक्षरमा आजै जारी शोक वक्तव्यमा एकता समाज मर्माहत भएको बताइएको हो ।
वक्तव्यमा घाइते मुकुन्दराज रोकाको शीघ्र स्वास्थ्यलाभको कामना तथा मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ ।
अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष मुकुन्दराज रोकासहित परिवार चढेको जिप आज बिहान ५ बजे चितवनको मुग्लिङभन्दा दुई किमिअगाडि बाटोछेउमा रहेको तारजालीमा ठोक्किन पुग्दा गाडी त्रिशुली नदीमा खसेको थियो ।
जिपमा सवार युवक संघका उपाध्यक्ष मुकुन्द रोकाकी श्रीमती जमुना रोका, छोरी जेनिसा र चालक सूर्य केसी बेपत्ता भएकोमा जिपसँगै जमुना र चालक केसीको शव फेला परेपनि बालिका हराइरहेकी छन् ।
उपाध्यक्ष रोका नदीमा पौडेर बाहिर निस्कन सफल हुनुभएको थियो । उहाँको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
यो पनिः त्रिशुली दुर्घटना अपडेटः अझै फेला परिनन् ११ वर्षीया जेनिसा