• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

हट्दै मालपोतको झन्झट र अपारदर्शिता


  •   मङ्गलबार, मङि्सर ०९, २०७७ मा प्रकाशित
  • गलकोट । मालपोत कार्यालय भन्नासाथ धेरैको दिमागमा आज पनि धेरै झञ्झट व्यहोर्नुपर्ने अड्डा मात्र होइन कर्मचारीको मनोमानी, खुलमखुला आर्थिक लेनदेन हुने स्थल सम्झन्छन् ।

    Advertisement

    जग्गाको मोलमोलाइ, कमिशन र दलालको बिगबिगीजस्ता कुराले मालपोत कार्यालय लामो समयदेखि सेवाग्राहीका बीचमा बदनाम छ तर पछिल्लो समय प्रविधिमैत्री सेवा प्रवाहलाई आत्मसाथ गर्न थालेपछि उल्लेख्य सुधार आएको छ । बिचौलियाको तँछाडमछाड हुने र कर्मचारीको पहिलो रोजाइमा पर्ने अड्डामा पूरै नभए पनि अधिक सुधार आएको स्वयं सेवाग्राही बताउँछन् ।

    मालपोत कार्यालय बागलुङले सेवाग्राहीलाई थप प्रभावकारी र पारदर्शी बनाउन अहिले सिसीक्यामेरा जडान, स्तनपान कक्ष, नगदरहित कारोवार तथा कोरोना रोकथाममैत्री वातावरणलगायतका कार्यले सेवा लिन पुगेका नागरिकले भिन्न अनुभूति गर्छन् ।

    मालपोत कार्यालयमा पछिल्लो समय सेवाग्राहीमैत्री वातावरण तयार भएको जग्गाको कारोवार गर्नका लागि जिल्ला मालपोत कार्यालय बागलुङ आउनुभएका नेपाल बङ्गलादेश बैंक बागलुङ शाखाका वरिष्ठ सहायक सुन्दु सापकोटाले बताउनुभयो । ‘बैंकको कामबाट कहिले जग्गा रोक्का त कहिले फुकुवा काममा हप्तैपिच्छे मालपोत कार्यालय आउने गर्दछु’, सापकोटाले भन्नुभयो, ‘अहिले मालपोतमा सेवा लिन निकै सहज भएको छ, थोरै समयमा धेरै काम गर्न सकिन्छ ।’ पहिला कार्यालय प्रमुखको हस्ताक्षर लिन दुई तलामाथि जानु पर्दथ्यो, कुन कोठामा के काम हुन्थ्यो भन्ने कुनै जानकारी थिएन, भीडभाड हुन्थ्यो तर अहिले निकै व्यवस्थित भएको महसुस भएको छ ।

    मालपोतमा भीडभाड हुने जानकारी भएकाले बिहानै बलेवा पैँयुपाटाबाट ससुरासँग बागलुङ बजार आउनुभएकी ४६ वर्षीया माया नेपाली मालपोतमा निकै छिटो काम भएकामा दङ्ग हुनुहुन्थ्यो । ‘मालपोतमा ढिलो काम हुन्छ भन्ने सुनेर १० बजे नै बलेवाबाट कार्यालय आए पनि काम समयमै सकिँदा अन्य बजारको कामसमेत गर्न भ्याएँ’, नेपालीले भन्नुभयो, ‘हाम्रो पहिलाको मान्यताअनुसार कार्यालय नभएको पाइयो, निकै व्यवस्थित भएका कारण काम गर्न सहज भयो ।’

    अन्य सरकारी कार्यालयभन्दा बढी सफा सुग्घर, अनिवार्य मास्क, स्यानिटाइजर प्रयोग गर्नुपर्ने, मूलद्वारमै हात धुने व्यवस्था रहेको सेवाग्राहीले बताएका छन् । हिजोको दिनमा सेवाग्राहीलाई कोठैपिच्छे कागज लिएर हिँड्नु पर्र्दथ्यो, अहिले सबै कोठा हटाएर एउटै हलमा काम हुने व्यवस्था गर्दा बढी पारदर्शी भएको छ । कोठैपिच्छे हिँड्नुपर्ने समस्याले हैरान पर्ने गरेका सेवाग्राहीलाई कार्यालय व्यवस्थापनसँगै सहज गराउने प्रयास भएको कार्यालय प्रमुख विष्णुप्रसाद शर्माले बताउनुभयो ।

    जग्गावालाभन्दा तेस्रो व्यक्तिको प्रयोगले समस्या हुँदै आए पनि अहिले सहज भएको शर्माको भनाइ छ । कार्यालयको भुइँतलामा रहेका आठ कोठालाई भत्काएर हल बनाई आलुमिनियम र सिसाको काउन्टर बनाई सेवाग्राही मात्र सेवा लिनका लागि भित्र जाने र पारदर्शीरूपमा सेवा दिनेरलिने वातावरण बनाइएको शर्माले जानकारी दिनुभयो ।

    कार्यालयभित्र पस्नासाथ कुन मानिसले कस्तो व्यवहार गरेको छ भन्ने कुरा सिसीक्यामेराबाटै देखिन्छ । नगद बैंकमा जम्मा गरेर भौचरमात्रै बुझाउनु पर्दा घुस खाने÷खुवाउने प्रवृत्तिको समेत अन्त्य भएको कार्यालय प्रमुख शर्मा बताउनुहुन्छ ।

    महिलाले बच्चा लिएर आउने र दूध खुवाउन समस्या भएका कारण स्तनपान कक्ष निर्माण, कार्यालय परिसरमै प्रभु बैंकको काउण्टर स्थापना गरिएको छ । कार्यालयमा शुद्ध खानेपानीको समेत व्यवस्था गरिएको छ । कोरोना महामारीले गर्दा धेरै भीडभाड गर्न नपाइने भएकाले अनावश्यक मानिसलाई प्रवेशमा रोक, मास्क तथा स्यानिटाइजरको प्रयोग, अनिवार्य हात धोएर मात्र प्रवेश गर्न दिने र सामाजिक दूरी कायम गराउँदै आएको छ । अब कार्यालयमा पुराना लिखत, पुराना दर्ता, भूमि सुधारका पुराना फारामलाई आगामी दिनमा व्यवस्थापन गर्ने र आवश्यक परेको समयमा तुरुन्तै भेट्टाउन सकिने गराउने मालापोत कार्यालयको योजना छ ।(रासस)

    मङ्गलबार, मङि्सर ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • २.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ३.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ४.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ५.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ६.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ७.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ८.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.