काठमाडौं । नेपालकी १८ वर्षीया सपना रोका मगर विश्वका एक सय प्रभावशाली महिलाको सूचीमा परेकी छन् । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी सपना रोका बीबीसीको प्रभावशाली महिलाको सूचिमा परेकी हुन् ।
Advertisement
काठमाडौंको पशुपति क्षेत्रलाई कार्यस्थल बनाएकी सपनाले बेवारिसे शव व्यवस्थापन गरेर उदाहरणीय किशोरी बनेकी छन् । उनले बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमार्फत लकडाउनका बेला निःशुल्क खाना खुवाउँदै आएकी छन् ।
बीबीसीले मंगलबार सन् २०२० को १०० प्रभावशाली महिलाको सूचि सार्वजनिक गरेको हो । यो सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट लगायत छन् ।