अंकलेश्वर, गुजरात । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तरगत पर्ने अंकलश्वर नगरको भेला सम्पन्न भएको छ ।
Advertisement
भेलाले सुरज कडायतको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । जसमाः उपाध्यक्ष– कलम बहादुर शाही, सचिव– टेक बहादुर शाही, सहसचिव– जनक चलाउने, कोषाध्यक्ष– भरत केसी, सदस्य जोरा चन्द, शेर बहादुर शाही, निराजन चन्द, भरत भुल, लोकेश भुल, कमान सिंह भुल, बैकल्पिक सदस्यमा भरत शाही र डवल शाही रहनुभएको छ ।
त्यस्तै भेलाले कमल कडायत र भिम थापालाई सल्लाकार चयन गरेको छ । नयाँ समितिलाई क्षेत्रीय अध्यक्ष वेद बहादुर कार्किले बधाई तथा शुभकामना दिनुभएको थियो ।
टेक बहादुर शाहीको सञ्चालन, सुरज कडायातको अध्यक्षता र जनक चलाउनेको स्वागत मन्तब्यबाट कार्यक्रम अगाडि बढेको थियो ।