धर्मराज शर्मा, कोट्टायम (केरला) ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ता भवानिप्रसाद पाण्डे प्रवासबाट विदावारी लिएर स्वेदश फर्कनुभएको छ । एकता समाज दक्षिण भारत क्षत्रीय समिति अन्तरगत पर्ने कोट्टायम नगर समितिले एक कार्यक्रम गरि पाण्डेलाई बिदाई गरेको छ ।
भवानि प्रसाद पाण्डेले आफ्नो नोकरी पेशालाई सदाको लागि बिटमार्ने र स्वदेशमा गएर आफ्नै गाउँघरमा परिवार र समाज संगठनमा आबद्ध भई काम गर्ने प्रतिवद्धता जनाएनुभएको छ । उहाँले आजसम्म संगठनमा पुर्याउनुभएको योगदानप्रति सम्मान गर्दै विदाई गरिएको नगर अध्यक्ष धर्मराज शर्माले बताउनु भयो ।
जैमिनि नगरपालिका ५ बिनामारे निवासी पाण्डे बिगत १९९४ देखि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिमा कार्यरत रहि संंगठनले दिएका जिम्मेवारीहरु ईमान्दारिता र सकृयताका साथ बहन गर्दै आउनुभएको थियो ।
पाण्डेले सहयात्री साथीहरुबाट बिदा हुनुपर्दा दुःख प्रकट गर्दै अबका दिनहरुमा राष्ट्रिय जनमोर्चामा कार्यरत रहि अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्नुभयको थियो ।
बिदाई कार्यक्रममा नगर समितिका अध्यक्ष धर्मराज शर्माले अबिर लगाई दोसल्ला ओढाएर सम्मान प्रकट गर्नुभएको थियो । त्यस्तै प्रमुख अतिथि एवं अतिथिहरुले स्मृति चिन्ह दिएर र अन्य उपस्थित कार्यकर्ताहरुले अबिर लगाएर स–सम्मान बिदाई गरिएको थियो ।
नगर समितिका सहसचिव दिल बहादुर रानाको सञ्चालन र प्रेम प्रसाद शर्माको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा केन्द्रीय समितिका बै।सदस्य चोबनाथ शर्माको प्रमुख आतित्थ्यता रहेको थियो । क्षेत्रीय समितिका सदस्य भद्र बहादुर थापा, कोट्टयाम नगर समितिका अध्यक्ष धर्मराज शर्मा, नगर महिला बिभागकि खुमा देबि शर्माले पनि कार्यक्रममा अतिथि आसन ग्रहण गर्नुभएको थियो । नगर सदस्य एकराज पौडेलले स्वागत गर्नुभयको थियो ।
कार्यक्रममा चोबनाथ शर्मा, धर्मराज शर्मा, भद्र बहादुर थापा, नगर महिला बिभागकी खुमा देबि शर्मा, नस सचिब मनोज जिसि, दिल बहादुर राना, नस सदस्य एकराज पौडेल, प्रेमप्रसाद शर्मा र लिला बहादुर केसी लगायत कार्यकर्ताहरुले शुभकामना मन्तव्य दिनुभएको थियो ।