कञ्चनपुर । कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ का वडाध्यक्ष कृष्णबहादुर रोकाया आज बिहान मृतावस्थामा फेला परेका छन् ।
Advertisement
५७ वर्षीय वडाध्यक्ष रोकायालाई घरबाट करीब एक किलोमिटर टाढा आत्महत्या गरेका अवस्थामा भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले बिहान ७ बजेतिर घरबाट निस्केका उनलाई साढे १० बजे मृत भेटिएको जानकारी दिए । रासस