• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

विभाजनको संघारमा नेकपा : प्रचण्डले सचिवालय बैठक बोलाएकै समयमा ओलीले बोलाए मन्त्रिपरिषद


  •   बुधबार, मङि्सर ०३, २०७७ मा प्रकाशित
  • काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको शक्ति संघर्ष चरमचुलीमा पुगेको छ । आज (मंसिर ३ गते) बस्ने भनिएको सचिवालय बैठक नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षले बहिष्कार गर्ने भएको छ ।

    Advertisement

    सचिवालय बैठक बस्ने र रोक्ने समूहबीच मंगलबार रातिसम्म दौडधुप चलेको थियो ।

    तर अन्ततः दुवै पक्ष आ–आफ्नो अडानबाट पछाडी नहटेपछि प्रचण्ड–माधव समूह सचिवालय बैठकको तयारीमा छन् भने प्रधानमन्त्री ओलीले सचिवालय बैठकका लागि तोकिएकै समयमा मन्त्रिपरिषद् बैठक राख्ने भएका छन् । प्रधानमन्त्री ओलीले आज (बुधबार) दिउँसो १ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

    गत कात्तिक २८ गते बसेको नेकपा सचिवालय बैठकले आजै दिउँसो १ बजे अर्को बैठक राख्ने निर्णय गरेको थियो । तर ठीक त्यही दिन र समय प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक राख्ने तयारी गरेका हुन्।

    प्रधानमन्त्री ओलीले यसअघिदेखि नै आजका लागि तोकिएको सचिवायल बैठक सार्नुपर्ने अडान लिइरहेका छन्। प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै सचिवालयमा पेश गरिएको अध्यक्ष प्रचण्डको प्रतिवेदन फिर्ता लिनुपर्ने अडानमा रहेका ओली समूह सो प्रतिवेदनमा छलफल गर्न तयार छैन । त्यसका लागि बैठक सार्न ओली पक्षका नेताहरु केही दिनयता दौडधुपमा लागेपनि सफल हुन सकेनन् ।

    महासचिव विष्णु पौडेलमार्फत ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सचिवालयमा पेस आफूविरुद्धको प्रस्ताव फिर्ता लिन र बुधबारको बैठक सार्न आग्रह गरेका थिए । तर प्रचण्डले सचिवालय बैठक बुधबारै राख्नुपर्ने अडान दोहोर्‍याएका थिए ।

    त्यसलगत्तै सरकारी निवास (बालुवाटार) मा बसेको प्रधानमन्त्री ओली निकट नेताहरूको बैठकले सचिवालय बैठक तत्काल बस्न नहुने निष्कर्ष निकालेको थियो ।

    पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सचिवालय बैठक रोक्न गरेको सबै प्रयासहरु असफल भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत बैठक रोक्ने अन्तिम प्रयास भएको थियो । तर, त्यो प्रयास पनि बिफल भएको छ ।

    मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले छलफलका लागि कार्यकारी अध्यक्ष प्रचण्डलाई शितल निवास बोलाएकी थिइन् । त्यस क्रममा राष्ट्रपति भण्डारीले जटिल मोडमा पुगेको पार्टी विवाद सुल्झाएर अघि बढ्न प्रचण्डलाई सुझाव दिएको बताइन्छ । जवाफमा प्रचण्डले आफूले मिलाउन धेरै प्रयास गरेको तर असफल भएको बताएका स्रोतको दाबी छ ।

    ओली, प्रचण्ड र नेपालले नेतृत्व गरेको तीन गुट हावी रहेको नेकपामा तीनमध्ये दुई नेता एकातर्फ हुँदा कुनै पनि नेताले पार्टीमा एक्लै बहुमत प्राप्त गर्ने अवस्था छैन ।

    पार्टीका विवादलाई विधि, पद्धतिअनुसार समाधान गर्नुपर्ने भनाइ प्रचण्ड–नेपाल पक्षको छ । अध्यक्ष ओली स्वयंले नै भदौ २६ को निर्णय कार्यावयन नगरेका कारण पार्टी विभाजनउन्मुख भएको सो पक्षको भनाइ छ।

    बुधबारका लागि तय गरिएको बैठक अघि बढाए त्यसले विभाजनको रेखा कोर्ने ओलीपक्षीय नेताहरुले चेतावनी दिएका छन् ।

    यदि कार्यकारी अध्यक्ष प्रचण्ड र अध्यक्ष तथा प्रधानमन्त्री ओलीमध्ये कुनै एक पक्ष पछि नहटेमा नेकपा विभाजनको दिशामा अघि बढ्न सक्ने नेताहरु बताउँछन् ।

    नेकपा विवादमा चिनियाँ राजदूतको ‘इन्ट्री’, ओली सचिवालय बैठकमा ओली जाने

    नेकपामा फुट भए त्यसको दुष्परिणाम गणतन्त्र, धर्म निरपेक्षता र राजनीतिक स्थिरतामा : मसाल

    बुधबार, मङि्सर ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा
    भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत
    मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
    नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो
    सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी
    एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

    • २.
      भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

    • ३.
      मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    • ४.
      नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

    • ५.
      सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

    • ६.
      एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    • ७.
      श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

    • ८.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.