गोबिन्द विष्ट, क्वालालम्पुर (मलेसिया) ।
मलेसियाको सुबाङजाया भन्ने ठाउँमा रहेको भिलेज ग्रोसर सुपरमार्केटमा बिगत ८ वर्षदेखी कार्यरत एक नेपाली कामदारको सुतेकै अवस्थामा मृत्यु भएको छ ।
नेपाल ठेगाना सल्यान त्रिबेणी गाउँपालिका ५ निवासी रुपलाल कुँँवरको (बिहीबार) नोभेम्बर १२ तारिख, बिहीबारको दिनमा मृत्यु भएको सँगै काम गर्ने अर्का एक नेपाली कामदारले जानकारी दिएका छन् ।
बिहीबार बिहान सँगै बस्ने सोही मार्केटमा कार्यरत अन्य नेपाली कामदारहरु काममा गएपपनि रुपलाल भने कोठामै एक्लै बसेका थिए । केही समय पछिसम्म पनि रुपलाल काममा नआएपछि अन्य साथीहरूले सोधिखोजी गरेका थिए । रुपलालको मोबाइलमा बारम्बार फोन गर्दा समेत फोन नउठेपछि कोठामा आएर हेर्दा सुतेकै अवस्थामा मृतयु फ़ेला परेको बताए ।
उनका साथीहरुले दिएको जानकारी अनुसार रुपलाल अत्याधिक मदिरा सेवन गर्ने गर्दथे ।
मृतक रुपलालको शव पोस्टमार्टमको लागि लगिएको र शवलाई नेपाल फिर्ता गराउनको लागि कम्पनीले पनि आवश्यक कानुनी, कागजी प्रक्रिया चलाइरहेको सोही कम्पनिमा कार्यरत नेपालीले जानकारी दिएका छन् ।