खुम रायामाझी, कुवेत ।
कुवेतबाट प्रकाशित हुँदै आएको अनलाइन तितोपाटी तथा कोसेली न्युजको कार्यकारी सम्पादकमा पत्रकार बसन्त थापा चयन भएका छन् ।
Advertisement
मंगलवार सम्पन्न तितोपाटी मिडियाको सम्पादक मण्डलको बैठकले थापालाई कार्यकारी सम्पादकको जिम्मेवारी दिएको हो ।
बिगत चार वर्ष अघिदेखि पत्रकारितामा सक्रिय एवम् नेपाल पत्रकार महासंघ कुवेत शाखाका सदस्य समेत रहेका थापा कुवेत आउनुपूर्व नेपालदेखि नै विभिन्न मिडियाहरुमा कलम चलाउँदै आएका थिए।
अर्घाखाँची घर भई झण्डै एक दशकदेखि कुवेतलाई कर्मभूमी बनाएका थापा विभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्ध रहँदै पत्रकारितामा समेत सक्रिय रहेका छन् ।