काठमाडौं । भारतको उत्तराखण्डस्थित खटिमामा खेतमा गाडिएका एक नवजात शिशुको स्थानीयले उद्धार गरेका छन् ।
Advertisement
चटिया फार्म ग्रामीण इलाकामा स्थानीय कुंडलसिंह भंडारीको खेतमा ती बालकलाई गाडिएको थियो । काम गर्ने क्रममा स्थानीयले बच्चा रोएको आवाज सुनेका थिए ।
गाउँलेले बच्चालाई खाडलबाट निकालेर तत्काल अस्पताल पुर्याएका थिए ।
अहिले बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको बेबाक उत्तराखण्डले जनाएको छ ।
