टेकराज भुसाल, बुटवल ।
बुटवल बहुमुखी क्यापसका सह-प्रध्यापक डा. शिव पौडेलको दुर्घटनामा निधन भएको छ । आइतबार बिहान घर अगाडिको सडकमा स्कुटर सिक्दै गर्दा घरकै कम्पाउण्डको पर्खालमा ठोकिएर पौडेल घाइते हुनुभएको थियो ।
Advertisement
उहाँलाई उपचारका लागि मणिग्राम स्थित क्रिमशन अस्पतालमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
डा. पौडेलको निधन प्रति अखिल (छैठौं) बुटवल बहुमुखी क्याम्पस इकाई समितिले दुःख प्रकट गरेको छ । इकाई अध्यक्ष सागर बेल्वासेले विज्ञप्ति मार्फत सह–प्राध्यापक डा. पौडेलप्रति श्रद्धाञ्जली प्रकट गर्नुभएको छ ।

