खिमराज चालिसे, चंडिगढ ।
मूलप्रवाह अखिल भारत नेपाली एकता रोपड नगरसमितिका संस्थापक सदस्य चन्द्र सापकोटालाई भारतबाट विदाई गरिएको छ । शनिबार समाजको ४२ औँ स्थापना दिवसको कार्यक्रम मनाएसँगै नेता सापकोटालाई विदाई गएिको हो ।
मूलप्रवाहका केन्द्रीय सदस्य एंव क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले स्मृती चिन्ह तथा प्रमाणपत्र दिएर सम्मान गर्नुभएको थियो । त्यस क्रममा केन्द्रीय सदस्य सापकोटाले चन्द्र सापकोटाको योगदानबारे चर्चा गर्दै उहाँको नेपाल बसाई सुखद हुने विश्वास व्यक्त गर्नुभयो ।
सापकोटा गैँडाकोट नगरपालिका– ६ नवलपुरको बासिन्दा हुनुहुन्छ ।
कार्यक्रममा सुदूरपश्चिमोत्तर क्षेत्रीय सदस्य छविलाल सापकोटा, शिवलाल लामिछाने, लक्ष्मी गुरुङ, जनजाति विभाग क्षेत्रका विल वहादुर गुरुङ, मूल प्रवाह नगरका सोभाराम सापकोटा, अनेमसंघ गैँडाकोट नगर समितिकी सोभादेवी सापकोटालगायत हुनुहुन्थ्यो ।
मनिराम सापकोटाको अध्यक्षतामा तथा टेक बहादुर थापाको संचालनमा भएको कार्यक्रममा कलाधर सापकोटाले स्वागत गर्नुभएको थियो ।
पञ्जावको संगरुरमा स्थापना दिवस
भारव्यापी रुपमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको ४२ औँ स्थापना दिवस मनाउने क्रममा पञ्जावको संगरूर नगर समितिले पनि कार्यक्रम सम्पन्न गरेको छ ।

नगर उपाध्यक्ष नारायण प्रसाद भुसालको संचालनमा महिला नगर संयोजक लक्ष्मी खनालको अध्यक्षतामा सम्पन्न सभामा गंगा आचार्यले स्वागत गर्नुभयको थियो ।
सभामा वोल्ने वक्ताहरुमा विन्दु जीसी, सरिता भुसाल र सरिता शर्मालगायत हुनुहुन्थ्यो ।

