खुम रायमाझी, कुवेत ।
कुवेतमा सडक दुर्घटनामा परेर एक नेपाली युवकको मृत्यु भएको छ । सडक दुर्घटनामा जाजरकोटका ३२ वर्षीय दिपक सिंह ठकुरीको मृत्यु भएको हो ।
Advertisement
मृतक ठकुरी विगत ३ वर्षदेखि कुवेतको सीजीजीसी कम्पनीमा काम गर्दै आएका थिए । उक्त कम्पनीमा कार्यरत यमराज छिनालका अनुसार उनलाई सडक पार गर्ने क्रममा मालवाहक गाडीले ठक्कर दिएको थियो ।
नाइट ड्युटी सकेर आवासमा फर्किने क्रममा बुधवार विहान करिव ४ बजे उनलाई टिपरले ठक्कर दिएको थियो । मृतकका नेपालमा एक ६ वर्षीया छोरी, ४ वर्षीय एक छोरा र श्रीमती रहेको जानाकारी मिलेको छ ।
घटनाबारेमा कम्पनीले कुवेतस्थित नेपाली दूतावासलाई जानकारी गराइसकेको छ । दूतावासले पनि कम्पनीसँग समन्वय गरेर उनको शवलाई नेपाल पठाउने प्रक्रिया अघि बढाइने जनाएको छ ।

