काठमाडौं । नेपालमा कोरोना संक्रमित शुन्य रहेका २ वटा जिल्लाहरु रहेका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालका २ जिल्लामा कोरोना संक्रमित शुन्य रहेको बताएका हुन् । हाल मनाङ र बाजुरा जिल्लामा एक जना पनि संक्रिय संक्रमित छैनन् ।
पछिल्लो २४ घन्टामा नेपालमा थप ३ हजार ३ सय ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । पछिल्लो २४ घन्टामा थप ३ हजार ८ सय ४४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसहित नेपालमा हालसम्म १ लाख ४४ हजार ९ सय ७८ जना उपचारपछि निको भएका छन् । त्यस्तै, नेपालमा एकै दिन थप ३० जना कोरोना संक्रमितको ज्यान गएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ३४ पुगेको छ । ३६ हजार ९ सय ११ जना आइसोलेसनमा रहेका छन् ।