गोविन्द विष्ट, मलेसिया ।
वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत एक नेपाली श्रमिकको सुतेकै अवस्थामा मृत्यु भएको छ । झापाका तिल बहादुर हाङसरूम्बाको बुधवार मृत्यु भएको हो ।
Advertisement
क्वालालम्पुरस्थित क्याम्रन हाइलेण्डमा तरकारी उत्पादक कम्पनी, गार्डेनमा काम गर्दै आएका झापाका तिलबहादुर साँझ सहज अवस्थामा खाना खाएर सुतेकोमा बिहान मृत अबस्थामा फेला परेका सँगै काम गर्ने बस्ने साथीहरूले बताए ।
बिगत ५ वर्षदेखि मलेसियामा कार्यरत तिलबहादुरको शव स्थानीय प्रहरीको सनाखतपछि तानाता हस्पिलमा पोस्टमार्टमको लागि पठाएको कम्पनीले जनाएको छ ।
कम्पनी श्रोतले दिएको जानकारी अनुसार आवश्यक सम्पूर्ण कागजी प्रक्रिया पुर्याएर मृतकको शव अन्तिम संस्कारकका लागि नेपाल पठाउने तयारी गरिएको छ ।