धनवीर पुन, नयाँ दिल्ली ।
प्रवासी नेपाली संघ, भारत गुजरात–महाराष्ट्र संयुक्त राज्य समितिका ६ जना सदस्य सो संगठन परित्याग गरी मूल प्रवाहमा प्रवेश गरेका छन् । बिहीबार सो संगठनबाट संयुक्त राजीनामा दिई मूल प्रवाहमा समाहित भएको घोषणा गरेका हुन् ।
प्रवासी नेपाली संघ भारत गुजरात–महाराष्ट्र संयुक्त राज्य समितिका सदस्य कृष्ण कुँवरको नेतृत्वमा राज्य समितिका सदस्यहरु हरि काउछा, निखिल रावत, विनिता काउछा, देवेन्द्र रावत, देवराज जोशीले सो संगठन परित्याग गरेका हुन् ।
‘हामीले गत २२ फरवरी २०२० का दिन प्रवासी नेपाली संघ भारतमा प्रवेश गरेका थियौं’ संयुक्त प्रेस वक्तव्यमा भनिएको छ, ‘तर त्यो संगठनको नीति, कार्यक्रम तथा जनताका काममा खटिने सवालमा नै समस्या देखिएकोले आज मितिदेखि हामीले संयुक्त रुपमा प्रवासी नेपाली संघ, भारत परित्याग गरेको घोषणा गर्दछौं ।’
उहाँहरुले सो संगठन परित्याग पश्चात, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा पुनः प्रवेश गरेको घोषणा गर्नुभएको छ ।

