खिमराज चालिसे, चंडिगढ ।
भारतको पञ्जावबाट एक नेपाली एक हप्तादेखि सम्पर्कविहीन भएका छन् । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोपड नुहोकलोनी एरिया समितीका सदस्य प्रेमसागर सापकोटा सम्पर्कविहीन हुनुभएको हो ।
Advertisement
बाग्लुङ जिल्ला, जैमुनी नगरपालिका दमेक, चैराग जन्मस्थल भइ नवलपुर वसाईं सर्नु भएका ५५ वर्षीय सापकोटा पञ्जाव राज्यको रोपड नुहो कलोनीबाट लापत्ता हुनुभएको हो ।
सापकोटाको खोजीका लागि मूल प्रवाहले पहल गरिरहेको छ । मूल प्रवाह रोपड नगरसमितीका अध्यक्ष मनिराम सापकोटाले उहाँको खोजीका लागि सबैसँग आग्रह गर्नुभएको छ ।
मूल प्रवाह नेपाली एकता समाजले प्रेम सागरलाई देख्नु वा भेट्नुहुनेले मूल प्रवाहका केन्द्रीय सदस्य एवम सुदूरपश्चीमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटालाई ९४१७५६३६९२ मा अथवा नजिकको मूल प्रवाहको कार्यालयमा सम्पर्क गरिदिन आग्रह गरेको छ ।