• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

हर्षोल्लासपूर्ण रहेन भारतमा दसैँ


  •   बुधबार, कार्तिक १२, २०७७ मा प्रकाशित
  • खिमराज चालिसे ।।

    Advertisement

    देशको सामाजिक, राजनीतिक तथा आर्थिक संरचना र शासकवर्गको नेपाली नागरिकप्रतिको गैरजिम्मेवार रवैयाका कारण मुग्लान पस्न बाध्य लाखौँलाख नेपालीलाइ दसैँतिहारजस्ता पर्वमा पनि विभिन्न कारणले विदेशी भूमिमा बस्नुपर्ने बाध्यात्मक पीडाले झन् झन् आफू जन्मेको गाउँठाउँ, खेल्ने गरेको वनपाखा, पानी भर्ने पधेरो, सराय र रामरमिता हेर्ने गरेका स्थान, सँगीसाथी सँगसंगै पढेको स्कुल, सँगै चिच्चाउँदै, गीत गाउँदै घासदाउरा गरेको जङ्गल, सँगै हिडेका मेलापातोका सँगी र काल्ना, खोलाखाल्सा चाहर्दै गरिने दिनचर्याको याद कति आउछ कति ?

    उता, आमाबुबाका हातका अक्षता र आशिर्वाद, दिदीबहिनीको सप्तरङ्गी टिका र माला, अनि चाडवाडमा बन्ने अनेकौँ प्रकारका पकवान; जस्तै– रोटी, सेल, फिनी, झिलङ्गा त्यो पनि काक्रा र गिठाको अचारसित साथ परिवारका सबै सदस्यसँग बसेर सामूहिक रूपमा खाएको याद । यस्तै यस्तै अनेकौँ मिठा सम्झना मुटुमा साचेर “कहिले आउला दुखीको पालो” भन्दै देशभित्रको त्यो रमझन याद गर्दै प्रवासमा बस्नेहरूको पीडालाई शब्दमा कोर्न सकिँदैन । फेरि पनि यो वर्षको दसैँविशेषमा भारतमा रहेका नेपालीको दसैँको अनुभवलाई सङ्क्षेपमा कोरिएको छ ।

    भारतमा यस वर्षको दसैँ (दशमी) आइतबार ९ गते अर्थात् २५ अक्टोबरलाई घोषणा गरेका कारण भारतीयले आइतबार नै दसैँ मनाएका छन् । उनीहरूको सरकारी विदा पनि भएको कारण भारतीयले स्वाभाविक हर्षका साथ दसैँ मनाएका हुन् । हुन त कोरोनाको असर भारतीयको दसैँमा पनि देखिएको छ । विभिन्न मन्दिरमा हुने रौनक, बजारको चहलपहल, रावणको पुत्ला जलाउने परम्परा यस वर्ष लगभग सून्य नै थियो ।

    नेपालीले पनि भारतीय संस्कृतिको प्रायसः देखासिकी गर्ने प्रवृत्तिले कतिपयले आइतवार नै दसैँ मनाए पनि अधिकांश नेपालीले भने नेपाली पात्रोलाई आधार मानेर २६ अक्टोबर अर्थात् कार्तिक १० गते सोमवार नै दसैँ मनाएका छन् ।

    तैपनि उनस्हरूलाई यो वर्षको दसैँ मनाउन त्यति सजिलो भएन । रोजीरोटीको खोजीमा परदेश आएका भारतस्थित नेपालीहरू फ्याक्ट्री, कोठी, विभिन्न कार्यालयलगायतका स्थानमा जागिर गर्ने कारणले गर्दा त्यति सजिलैसँग दसैँ विदा माग्दा बिदा दिन सक्ने स्थिति पनि थिएन; किनकि उनीहरूले हिजो आइतवार नै दसैँ मनाइसकेको हुँदा कैयन् भारतीयले दुई दिन दसैँ नहुने तर्क पनि दिएका थिए । यसरी छुट्टी लिएर दसैँ मनाउन चाहनेलाइ पनि यस वर्ष समस्या परेको छ ।

    हुन त कोरोनाको कारण प्रत्येक वर्षको दसैँतिहार भन्दा बढी बेग्लै यस वर्षको सबै चाडपर्व हुने कुरा सबैका लागि न त नयाँ हो, न अनौठो नै । निश्चित रूपमा विश्वव्यापी कोरोना महामारीका कारण अन्य वर्षमा भन्दा यो वर्षका सबै कार्यक्रम, गतिविधि तथा चाडपर्व पनि भिन्न रहने कुरामा सबैको पूर्वानुमान अवश्य थियो; र, अब आउने पर्वमा पनि त्यसको असर रहने कुरामा हामी सबैलाइै कुनै शङ्का छैन; तर पनि दसैँको यो रूप भारत तथा नेपालको परम्परा र संस्कृति एकै किसिमको भएर पनि दसैँमा भिन्नता पहिलो पटक देखियो ।

    हामीहरू बेग्लै देशको फरक परिस्थितिमा चाडपर्व मनाइनुलाई असामान्य भन्दैनौँ । तर एउटै पर्वलाई फरक दिनमा, त्यो पनि भारत, नेपालजस्ता धर्म, संस्कृति, रीतिरिवाज र विभिन्न पर्वबिचको समानता पाइने देशमा पनि दसैँजस्तो ठुलो पर्वलाई अलग–अलग मनाउनुपर्ने बाध्यता भने पहिलो पटक नै देख्न, सुन्न र भोग्न पाएका छौँ ।

    समग्रमा यस वर्ष गत वर्षहरूमा जस्तै दसैँको शुभकामना आदानप्रदानको कार्यक्रम आयोजना गर्ने गरेका नेपाली सङ्घसंस्थाले पनि यस पटक त्यस्ता कार्यक्रम आयोजना गरेको पाइएन । साथै यस वर्ष सामूहिक दसैँ मनाउनेभन्दा पारिवारिक दसैँ मनाउनेहरू धेरै थिए ।

    फेरि पनि दसैँको दिनलाई नै आफ्नो समुदायमा अत्यन्तै सङ्क्षिप्त र सुरक्षित रूपमा कार्तिक १० अर्थात् २६ अक्टोबरको नेपाली तिथिमिति र समयमै टिका लगाउने र खुसी मनाउनेहरू धेरै नै रहे । यद्यपि वर्षदिनको दसैँमा पनि छुट्टी नमिलेको गुनासो सुनाउनेहरू पनि प्रशस्तै भेटिएका छन् ।

    यसरी दसैँको दिन कार्यस्थलमा काम गर्नुपरेकोमा उनीहरू चिसो आँखा बनाउदै गरेको पीडादायक तस्बिर पनि देखियो । खाना बनाउने कुकमा कार्यरत प्रेम गुरुङ, अफिसमा काम गर्ने दिनेश खड्का, बिनु नेपाली, तेजबहादुर रोका, बालाराम न्यौपाने, लीला विक र थानेश्वर पाण्डेलगायतका साथीहरू दसैँको दिन कार्यस्थलमा काम गर्ने प्रतिनिधि पात्र मात्र हुन् । उहाँहरूजस्तै हजारौँ नेपालीहरू मुटुभरि परदेशीको पीडा राखेर दसैँको दिन कार्यस्थलमा काम गर्न बाध्य थिए भने कतिपयले एक्लै दसैँ परदेशमा दसैँ मनाउनुपरेको पीडा पनि पोखेका छन् । जबकि थोरैले भने दुईचार परिवारसँग दसैँ मनाएका पनि छन् । तर परदेश परदेश नै हो । मनभरिको पीडा र वेदना लुकाएर कतिले हाँसी हाँसी परिस्थितिलाई स्वीकार गरे पनि कतिले भने पीडालाई आफ्नो चेहरामा पनि देखाएका छन् ।

    तर जे होस्, भारतस्थित नेपालीको यस वर्षको दसैँ गत वर्षहरूमा जस्तो हर्षोल्लासपूर्ण थिएन ।

    बुधबार, कार्तिक १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.