• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

दसैँ : ‘सन्तानले डाँडाकाँडा ढाकून्’ देखि ‘लाहुर जानू’ सम्म, यसरी भएको छ आशीर्वादको रूपान्तरण


  •   सोमबार, कार्तिक १०, २०७७ मा प्रकाशित
  • काठमाडौं । एउटा भनाइ नै छ, ‘जस्तोसुकै मनमुटाव भए पनि दसैँमा टीका लगाउन जानू, सबै मनमुटाव निर्मूल हुन्छ।’

    Advertisement

    दसैँ सद्भावको चाड भनेर पनि चिनिन्छ। दसैँका बेला अग्रजले दिने आशीर्वादले नेपाली संस्कारमा निकै महत्त्व राख्ने गरेको छ।

    तर आशीर्वादमा समुदाय र पारिवारिक परम्पराअनुसार विविधता देखिन्छ। अग्रजहरूले आशीर्वाद दिँदा प्रगतिकै कामना गर्छन्।

    तर समयक्रमसँगै दशैँमा दिइने आशीर्वचनमा क्रमशः रूपान्तरण भएको देखिन्छ।

    ‘सन्तानले डाँडाकाँडा ढाकून्’
    इलामको फाकफोकथुमका दिलबहादुर लिम्बू अहिले ७४ वर्षका भए। बाबु‍आमा हुन्जेल उनले अन्यत्र दशैँको टीका लगाउन जानुपरेन।

    तर अहिले आफ्ना अग्रज कता छन् भनेर खोज्नुपर्ने अवस्था आएको उनी बताउँछन्। आफ्ना बाबुआमाले दशैँको टीका लगाइदिएको सम्झिँदै उनले भने, ‘दुर्गा भवानीको आशीर्वादले सधैँ सबैलाई राम्रो होस् भनेर आशिर्वाद दिनुहुन्थ्यो।’

    अहिले पनि त्यस्तै आशीर्वाद दिने चलन बाँकी भएको उनी बताउँछन्।

    खासगरी पहाडतिर उनका जमानामा ‘सन्तानले डाँडाकाँडा ढाकून्’ भनेर आशीर्वाद दिने चलन थियो। ठूलो परिवार र धेरै सन्तान हुनुलाई त्यतिबेला सम्पन्नताको प्रतीक मानिन्थ्यो।

    उनले भने, ‘सन्तानको बृद्धिसँगै निरोगी हुनु भन्ने चलन थियो। जुन अहिले पनि प्रचलनमा छ।’

    टीकासँगै लगाइने जमरा जसरी उम्रिन्छ, त्यसरी नै सन्तानमा कुनै क्षति नहोस् भन्ने चलन पनि भएको बूढापाकाहरू बताउँछन्।

    दिलबहादुर लिम्बूले भने, ‘मैले आशीर्वाद दिँदा पनि जमरा जसरी सन्तान उम्रिऊन्, दुर्गा माताले सबैलाई निरोगी राखून् भनेर दिने गरेको छु।’

    ‘लाहुर जानू, पैसा कमाउनू’
    पहाडी जनजाति समुदायमा दशैँको छुट्टै मौलिकता छ। अन्य समुदायका मानिसहरूले निधारमा रातो टीका लगाउँदा सेतो टीका लगाउने उनीहरूको एउटा विशेषता हो।

    त्योसँगै राई तथा लिम्बू समुदायमा ‘लाहुर गएर धेरै धन कमाउनू’ भन्ने जस्ता आशीर्वाद दिने प्रचलन एक समयमा थियो।

    इलामका दिलबहादुर लिम्बूका अनुसार उनको भन्दा अघिल्लो पुस्तामा त्यो आशीर्वाद खुब प्रचलनमा थियो।
    ‘पहाडतिर त्यस्तो आशीर्वाद दिने चलन मभन्दा अघिल्लो पुस्तामा थियो। अहिले त हरायो त्यो।’

    इलामकै ८५ वर्षीय वृद्ध गौरीमान लिम्बूले पनि ‘लाहुर जानू, धेरै पैसा कमाउनू’ भनेर आशीर्वाद पाएको सुनाए।

    जनजाति समुदायका मानिसहरू लाहुर जाने प्रचलन रहेकोले आशीर्वादमा पनि त्यसले ठाउँ पाउनु स्वाभाविक नै हो।

    परिवर्तन
    सन्तानले डाँडाकाँडा ढाकून्, लाहुर जानू जस्ता आशीर्वाद समयसापेक्ष नभएको ती हराएका छन्।

    गौरीमान लिम्बूका अनुसार अहिले आशीर्वादको मूल भाव परिवर्तन नभए पनि पछिल्लो पुस्ताले बुझ्नेगरी सामान्य भाषामा दिइने गरेको छ।

    उनले भने, ‘संसार धेरै स्वार्थी भइदियो। जताततै झगडा छ। यो बेला ‘मिलेर बस्नू’ भनेर पनि आशीर्वाद दिने गरेको छु।’

    काम नगरी खान नपाइने अवस्थामा नपढी काम नपाइने उनको बुझाइ छ।

    त्यसैले अहिले उनी आफ्ना सन्तानलाई आशीर्वाद दिन्छन्, ‘धेरै पढ्नू, मिलेर बस्नू।’

    रक्षाको कामना
    झापाको बुद्धशान्ति गाउँपालिकाकी ९० वर्षीया कृष्णकुमारी ओलीको सानैमा बिहे भयो। छ वर्षको उमेरमा उनी पतिको घर आइन्। तर सानाको दशैँ अहिले पनि उनको स्मरणमा ताजै छ।

    ‘बाबै-आमैकहाँ टीका लगाउन जाइन्थ्यो,’ उनले स्मरण गर्दै भनिन्, ‘सबभन्दा रमाइलो त मावल जाँदा हुन्थ्यो।’

    उनले अहिलेसम्म पाँच पुस्तालाई टीका लगाइदिएकी छन्।

    दशैँमा टीका लगाइदिँदा उहिलेदेखि उनले भन्ने गरिकी छिन्ः ‘भगवान्‌ले रक्षा गरून्।’

    आफ्ना सन्तानलाई कतैबाट दुःख कष्ट नहोस् भन्ने कामना आफूले गर्ने गरेको ओलीले सुनाइन्।

    उनले भनिन्,‘अहिले पनि म त्यही भन्छु। सबैलाई धेरैधेरै आशीर्वाद छ। दुःख(कष्ट केही नहोस्।’ बीबीसी

    सोमबार, कार्तिक १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.