काठमाडौँ । कोरोना सङ्क्रमितको विश्व तथ्याङ्कमा नेपाल ३४ औँ स्थानमा रहेको छ । हिजोसम्म नेपालमा कुल सङ्क्रमितको सङ्ख्या १ लाख ५६ हजार ८९ पुगेको थियो ।
वल्र्डोमिटर्सका अनुसार नेपालभन्दा बढी सङ्क्रमितहरू रहेको ३३ औँ स्थानमा इक्वेडर छ । त्यहाँ हालसम्म १ लाख ६१ हजार ६४५ कुल सङ्क्रमित देखिएका छन् भने नेपालभन्दा कम सङ्क्रमित रहेको बोलिभियामा १ लाख ४० हजार ८५३ जना कुल सङ्क्रमित देखिएका छन् ।
मृतकको विश्व तथ्याङ्कमा नेपाल ६७ औँ स्थानमा छ । हिजोसम्म हामीकहाँ ८४७ जनाको मृत्यु भएको थियो ।
नेपालभन्दा बढी मृतकहरू रहेको ६६ औँ स्थानमा केन्या छ । त्यहाँ हालसम्म ९०२ जनाको मृत्यु भएको छ । त्यस्तै सुडान नेपालभन्दा कम मृतकहरू रहेको ६८ औँ स्थानमा छ । त्यहाँ हालसम्म ८३७ जनाको मृत्यु भएको छ ।
कोरोना सङ्क्रमणबाट निको भएर घर फर्कनेहरूको तथ्याङ्कमा नेपालको स्थान ३१ औँ छ । हिजोसम्म नेपालमा १ लाख ११ हजार ६७० जना सङ्क्रमित निको भएर घर फर्किसकेका थिए ।
पोल्यान्ड सङ्क्रमणबाट निको भएर घर फर्कनेहरूको स्थानमा ३० औँ स्थानमा छ । त्यहाँ हालसम्म १ लाख १२ हजार ६१९ जना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् । त्यस्तै, ३२ औँ स्थानमा फ्रान्स छ । त्यहाँ नेपालमा भन्दा कम १ लाख १० हजार ३२२ जना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् ।
विश्वको सक्रिय सङ्क्रमितको तथ्याङ्कमा नेपालको स्थान २५ औँ छ । यहाँ हिजोसम्म ४५ हजार ५७२ जना सक्रिय सङ्क्रमित रहेका थिए ।
नेपालमा भन्दा बढी सक्रिय सङ्क्रमित रहेको २४ औँ स्थानमा स्विटजरल्यान्ड छ । त्यहाँ हालसम्म ४५ हजार ७७० जना सक्रिय सङ्क्रमित रहेका छन् ।
सक्रिय सङ्क्रमितको सङ्ख्या नेपालमा भन्दा कम रहेर २३ औँ स्थानमा रहेको देश जोर्डन हो । त्यहाँ हालसम्म ४५ हजार सक्रिय सङ्क्रमित रहेका छन् ।
हालसम्म विश्वभरिमा ४ करोड ३२ लाख २८ हजार १७४ कुल सङ्क्रमित देखिएका छन् । यस अवधिमा ११ लाख ५९ हजार ९ जनाको मृत्यु भइसकेको छ ।
अहिलेसम्म ३ करोड १९ लाख ६३६ जना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् । हालसम्मको कुल सङ्क्रमितको सङ्ख्या १ करोड २ लाख ६८ हजार ५२९ रहेको छ, त्यसमध्ये ७७ हजार ७४९ जना गम्भीर अवस्थामा छन् ।

