बुटवल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य तथा आगरा नगर समितिका संस्थापक सदस्य ध्रुव शाह पत्नीशोकमा पर्नुभएको छ ।
Advertisement
शाहकी पत्नी कमला शाहको बुटवलस्थित आफ्नै निवास्थानमा २१ अक्टोबर २०२० का दिन उपचारकै क्रममा निधन भएको हो ।
५२ वर्षीया शाहले विगत ५ र ६ महिनादेखि गृहनगर बुटवलमा रहेर हृदयरोगको उपचार गराउँदै आउनुभएको थियो ।
यसैबिच, धु्रवपत्नी कमला शाहको निधनप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज आगरा नगर समिति र पश्चिमोत्तर क्षेत्रीय समितिद्वारा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । दुवै समितिले दुःखको यस घडीका शोकसन्तप्त शाह परिवारप्रति गहिरो सहानुभूति तथा समवेदना प्रकट पनि गरेको छ ।