• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

नौमतिबाजा र जापानको नौमतिबाजा समूह


  •   मङ्गलबार, कार्तिक ०४, २०७७ मा प्रकाशित
  • तेजेन्द्र क्षेत्री

    Advertisement

    नेपाली परम्परागत संस्कृतिमा कुनै ठुलो कार्य गर्दा साइतको महत्त्व हुन्छ । त्यस्ता साइतहरूमा मङ्गलधुन बजाएर उक्त साइतलाई शुभ बनाउने चलन छ । मङ्गलधुन बजाउनका लागि पञ्चेबाजा सबैभन्दा प्रचलित बाजा हो ।

    यो बाजा नेपालको पहाडी भेकदेखि भारतको सिक्किम तथा दार्जिलिङसम्म बजाइने गरिन्छ । पञ्चेबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्दछन् ।
    पञ्चेबाजा, नेपाली धार्मिक एवम् सांस्कृतिक बाजाको रूपमा प्रयोग हँुदै आएको मौलिक संस्कृतिको धरोहर हो । यो बाजा विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ; जस्तै– विवाह, ब्रतवन्ध, चाडबाड, जात्रा, रोपाइँ, पूजाआजा आदिमा ।

    नौमतिबाजा

    नौमतिबाजा नौ वटा बाजाहरूको सामूहिक बाजा हो । यो पञ्चेबाजाको ठुलो रूप हो; जसमा चार वटा अरू बाजाहरू थपिएको हुन्छ । यसअन्तर्गत दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिङ्गा बाजा हुन्छन्; जसमा सहनाई र दमाहा दुईदुई वटा हुन्छन् । सहनाई र नरसिङ्गा फुकेर, ठुलो दमाहा, सानो दमाहा, ढोलक र ट्याम्को ठोकेर तथा झ्याम्टा र मुजुरा एकापसमा जुधाएर बजाइन्छ । नौ जना बाद्यवादक लोक–कलाकारले सुर र ताल मिलाएर एकैपटक बजाउने गरेकाले यो बाद्यसमूहलाई नौमतिबाजा भनिएको हो ।

    सहनाइ

    सहनाई अर्थात् सनई नौमतिबाजाको प्रमुख आकर्षण हो । जो जोडीमा हुन्छ र एकै बनावटमा हुन्छ । फुक्दै, पौन फेर्दै यसमा मुरलीमा झैँ हरेकका आठ वटा प्वालहरूमा औँला चाल्दै बजाइने यो बाजा निकै परिश्रमी लोक–कलाकारले मात्र बजाउन सक्छन् । एउटा सनई औँला चाल्दै बजाउँदा अर्काले फुकेर सुर मात्र दिइरहन्छ । त्यसैले सुर दिने सनईलाई भाले सनई र औँला चाल्दै भाखा हालेर बनाइने सनईलाई पोथी सनई पनि भनिन्छ । विशेष गरी सिल्भर र पित्तलबाट निर्मित सनईले आठ वटा प्वालको भाका निर्माणबाट छत्तिस रागरागिनीयुक्त धुनहरू प्रष्फुटन गर्दछ ।

    ढोलक

    मादलजस्तो, तर खरी नभएको यो बाजा पनि एकातिर हातले र अर्कातिर सानो लट्ठीले ठोकेर बजाइन्छ । यसले अरू बाजाको लयलाई ताल छोप्ने र बिट मार्ने काम गर्छ । ढोलक, जो झण्डै डेढ फिट लामो काठ र छालाले बनेको हुन्छ ।

    दमाहा

    यसैगरी नौमतिबाजामध्ये ठुलो बाजाका रूपमा दमाहा पर्दछ । तामा र छालाले बनेको यो बाजालाई काठको गजाले ठोकेर बजाइन्छ । यसको ध्वनि मोटो र थर्काउने प्रकृतिको हुन्छ ।

    सानो दमाह वा बाउँताल

    दमाहाकै आकारको तर त्यसभन्दा सानो दमाहालाई बाउँताल भनिन्छ । यसको आवाज ठुलो दमाहाको जस्तो मोटो हुँदैन, ठुलो दमाहाको तुलनामा यसको घन्काइ पनि कम हुन्छ । त्यसैले यसलाई दमाहाको सहयोगी घनबाजाको रूपमा लिइन्छ ।

    ट्याम्को

    नौमतिअन्तर्गतको ताल दिने अर्काे बाजा हो, ट्याम्को; जसको बनावट झण्डै झण्डै सानो दमाहाजस्तै हुन्छ । यो सानो र छरितो बाजालाई काठको साना गजाले ठोकेर बजाइन्छ । सनईका स्वरबाट सुर पैदा भएपछि ट्याम्कोले भाका टिप्दै ताल दिन्छ र अरू बाजा बज्न थाल्छन् । यसरी ट्याम्को र सानो दमाहा एकर्काका पूरक बाजाहरू हुन् । कहिलेकाहींँ बाजा र बाद्यवादकहरूको कमीमा कुनै एकको अभावमा पनि नौमतिबाजा बज्ने गर्दछ ।

    झ्याम्टा/झ्याली

    बाजाहरूको लय टुक्रिँदा ताल दिने यो बाजा काँसबाट बनेको थालजस्तो आकारको हुन्छ । काँसका दुई थालहरूजस्तै आकारका झ्याम्टामा हातका औँला छिराउनका लागि बनेका दुई प्वालमा डोरी छिराई त्यसैका आडमा हत्केलाले झ्याम्टा एकापसमा जुधाएर काँसेरन्को निकालिन्छ । सनईको सुरमा ट्याम्कोले ताल समातेपछि दमाहा र ट्याम्कोले खालको बिट मार्दछन् । त्यसरी बिट मार्ने क्षणमा ध्वनियुक्त मिठाससँगै झ्याइँझ्याइँ गर्दै झ्याम्टा बजाइन्छ ।

    नरसिङ्गा

    संस्कृत शब्द नरशृङ्गको अपभ्रंस भई बनेको शब्द नरसिङ्गा नर (मानिस) ले आफ्नो टाउकोमाथि सिङजस्तो ठाडो मारेर बजाउने भएकाले यसका नाम नरसिङ्गा रहेको हुन सक्छ । फुक्ने ठाउँ सानो, तर क्रमशः ठुलो ठुलो हुँदै फुक्दै नरसिङ्गाको मुख ठुलो हुन्छ । तामाले बनेको यो बाद्ययन्त्र दुई खण्डमा हुन्छ जसलाई बजाउने बेलामा जोडिन्छ । नबजाई बोक्दा यसको सानो भागलाई ठुलो भागभित्र हाली काँधमा बोकिन्छ । पशुको सिङ आकारको यो बाजा यसमा पारङ्गत थोरैले मात्र बजाउन सक्दछन् । बिहेबटुलोमा जन्ती जाँदा बाटोमा कुनै देवस्थल, गुम्बा, घुम्ती तथा भञ्ज्याङ देउरालीमा नरसिङ्गा फुकिन्छ र सँगसँगै धुँ धुँ गरेर कर्नाल बजाइन्छ ।

    कर्नाल

    बजाउन सबैभन्दा कठिन बाजाको रूपमा परिचित कर्नाललाई सोझो र अलिक ठुलो नरसिङ्गा भन्दा हुन्छ । साह्रै मोटो आवाजका लागि फुकेर बजाइन्छ । तामाले बनेको कनोल बाजा लामाले प्रयोग गर्ने लामाजस्तै हुन्छ; तर फुकाइ फरक हुन्छ । कर्नाललाई पनि नरसिङ्गालाई जस्तै भाँचेर बोकिन्छ र जोडेर बजाइन्छ ।

    जापान नेपाली एकता समाजको नौमतिबाजा समूह

    वास्तवमा नेपालमा पनि स्थानअनुसार नौमतिबाजाको स्वरूप फरक छन् । स्थान र व्यावहारिक प्रकारले जेजति सकिन्छ, जापानमा नेपालीपनको झल्को पञ्चेबाजामार्फत दिन सकिन्छ भन्ने विश्वासका साथ यो समूह कृयाशील छ ।

    जापानमा नेपालीहरूको सङ्ख्या बढेसँगै नेपाली संस्कृतिका विभिन्न अवसर; जस्तै– जन्म, मृत्यु, अन्य कर्मकाण्ड आदिमा पनि धार्मिक, सामाजिक र सांस्कृतिक चलनसँगै नौमतिबाजाको स्मरण गरिएको पाइन्छ । त्यो पक्षको एउटा पाटो हाम्रो आफ्नै क्षमताले कला र मिहिनेतले पूरा गर्न सकिन्छ भन्ने हो । त्यो भावनाका साथ एकता समाजको माध्यमबाट रक्तिम सांस्कृतिक अभियान त्यहाँ क्रियाशील छ । त्यसको मातहतमा नेपाली सामाजिक–सांस्कृतिक पक्षको एउटा अङ्गको रूपमा एकता समाज नौमतिबाजा समूह कृयाशील छ ।

    विदेशमा रहँदा आफ्नो मातृभूमि र यहाँका गीतसङ्गीतको बढी महत्त्व हृदयङ्गम हुने हुनाले नौमतिबाजाप्रति जापानका नेपालीमा पनि प्रशस्त अनुराग पाउन सकिन्छ । यस आधारमा सम्पूर्ण जापानवासी नेपालीको अनुकूलतामा यसलाई कृयाशील बनाउने विषयमा यो बाजा समूह प्रयत्नशील रहने अपेक्षा गर्न सकिन्छ ।

    मङ्गलबार, कार्तिक ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.