दाङ । दाङको दंगीशरण गाउँपालिका–५ मिरौलीमा बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सडक छेउको खेतमा बस पल्टँदा बसमा सवार र धान काट्दै गरेका स्थानीय गरि ६ जना घाइते भएका प्रहरीले जनाएको छ । जसमध्ये २ जनाको अवस्था गम्भीर छ ।
Advertisement
दंगीशरण गाउँपालिका बैबाङबाट तुलसीपुरतर्फ जाँदै गरेको ना.४ ख ७८४८ न. को बस अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ । घाइतेलाई राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि पठाइएको छ ।
बस चालक र सहचालक भागेकाले बसमा कती जना सवार थिए भन्ने बिषयमा जानकारी नभएको प्रहरीले जनाएको छ । यस बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।