काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को तीन तलामाथिबाट हाम फालेर एक बिरामीले आत्महत्या गरेका छन् ।
Advertisement
सोलुखुम्बुको जुगु गाउँपालिका घर भई बानेश्वर बस्ने २६ वर्षीय रोशन खड्काले सोमबार बिहान ८ः४५ बजे अस्पतालको तेस्रो तलाबाट हामफालेका हुन् ।
आगोले हतखुट्टा पोलेर बिरामी परेका खड्कालाई उपचारका लागि आइतबार साँझ सो अस्पतालमा भर्ना गरिएको थियो । कुरुवा बसेकी आमा औषधि किन्न गएका बेला उनी अस्पतालको झ्यालबाट हामफालेको प्रहरीले जनाएको छ ।
गम्भीर अवस्थामा फेला परेका उनको उपचारका क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार उनको मानसिक सन्तुलन ठिक थिएन ।