• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

दुई हजार सुरक्षाकर्मी कैदमा राखिएको हुथी विद्रोहीको दाबी


  •   सोमबार, असोज १३, २०७६ मा प्रकाशित
  • एजेन्सी । इरान सरकारको समर्थन रहेका हुथी विद्रोहीहरुले करिब २ हजार सरकार समर्थक लडाकूलाई मारेको र अन्य २ हजार जनालाई कैदमा राखिएको आइतबार दाबी गरेका छन् । साउदी अरेबियाको दक्षिण भागमा पर्ने नाजरान नजिकै रहेको स्थानमा हुथी विद्राहीहरुले आक्रमण गरेको जनाइएको छ ।

    Advertisement

    साउदी अरेबियाका अधिकारीहरू हुथीको विरूद्ध सैन्य गठबन्धनको नेतृत्वमा कारबाही गर्ने र पक्राऊ गर्ने गरेका विद्रोहीहरुले दाबी गरेका थिए । दर्जनौ क्षेप्यास्त्र र ड्रोन आक्रमणमा २०० भन्दा बढी सरकार समर्थक लडाकूहरु मारिएका हुथी विद्रोहीका प्रवक्ता याह्या सरीले बताएका छन् ।

    यसैगरी २ हजार भन्दा बढी लडाकूलाई कैद गरिएको पनि उनले बताएका छन् । कैदमा रहेकाहरुमा प्रायः यमनी नै रहेका उनको दाबी रहेको छ । अगस्त २५ बाट भएका उक्त आक्रमणहरु भीषण भएको उनले बताएका छन् । तर यस आक्रमणको पुष्टि किन करिब एक महिना पछाडी गरियो भन्ने विषयमा भने केही भनिएको छैन ।

    हुथी विद्रोहीले शनिबार गरेको यस दाबीको साउदी अरेबियाआवद्ध संयुक्त गठबन्धनले भने कुनै टिप्पणी गरेको छैन । अगस्त महिनाको अन्त्यमा यमनको एक सरकारी स्रोतले २०० भन्दा बढी सरकार समर्थक लडाकू मारिएका एएफपी समाचार समितिलाई जानकारी दिएको थियो । तर आक्रमणमा लगभग १३ सय लडाकूहरू पक्राउ परेका र यसमध्ये २८० घाइते पनि रहेका जनाइएको थियो ।

    स्रोतका अनुसार यमनी सेनालाई विद्रोहीहरुको बलिायो प्रभाव रहेको उत्तरी सादा प्रान्तमा हुथीहरूले चार दिनसम्म घेरा बन्द गरेका थिए । हुथी विद्रोहीहरुले हालैका हप्ताहरूमा थुप्रै ठूला घोषणाहरू गरेका छन् जसमा लामो समयदेखि चलिरहेको युद्धको अन्त्यका लागि साउदी अरेबियालाई ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र हमला रोक्न प्रस्ताव गरिएको छ ।

    गत सेप्टेम्बर १५ मा साउदी तेल प्रशोधन केन्द्रमा भएको भीषण आक्रमणको विद्रोहीहरूले जिम्मेवारी पनि लिएका छन् । सन् २०१५ को मार्चमा हुथीहरूले देशको धेरैजसो भागमा कब्जा गरेका थिए । जसमा राजधानी साना पनि रहेको थियो । यमनमा शुरु भएको यस गृहयुद्धको क्रममा यमनका राष्ट्रपति अबेद्रबो मन्सूर हादी पनि साउदी अरेबियाको शरण लिन पुगेका थिए । यो द्वन्द्वले लाखौंलाई विस्थापित गरेको छ र दुई तिहाइ भन्दा बढी जनसंख्यालाई सहयोगको खाँचो परेको छ । –एएफपी

    सोमबार, असोज १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.