काठमाडौं । बहराइनका राजकुमार मद मोहम्मद अल मोहमद हखलिफा सहितको टोलीले मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको छ।
राजकुमार हखलिफासहितको टोलीले बिहीबार बिहान ६ बजेर १० मिनेटमा मनास्लु हिमाल आरोहण गरेको हो । राजकुमार सहितको टोलीले आज बिहान मनास्लु हिमाल चढेको आरोहणको व्यवस्था मिलाएको सेभेन समिट ट्रेक प्रालिले जनाएको छ ।
गत असोज २० मा राजकुमार अलिफाको टोली मनास्लु आरोहण गर्न गोरखाको सामागाउँ पुगेका थिए। यसअघि गत असोज १९ मा राजकुमारसहितको उक्त टोलीले सोलुखुम्बुको लुबुचे सफल आरोहण गरेका थिए।
पर्यटन विभागका अनुसार बहराइनको टोलीका १८ जनामध्ये १४ जना आरोही र तीन जना शेर्पा मनास्लुको चुचुरोमा पुगेका छन् ।
राजकुमार मोहमद हमदले यसअघि १७ असोजमा रोयल फोर्स टोलीका साथ ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल पनि आरोहण गरेका थिए ।
१५ जना बहराइन र ३ जना बेलायतीसहित हिमाल आरोहण गर्न गत भदौ ३१ गते नेपाल आएको थियो । आरोहणको व्यवस्थापन सेभेन समिट ट्रेक प्रालिले मिलाएको थियो ।