काठमाडौं । सरकारले मन्त्रिपरिषद पुनर्गठन गरेको छ । बुधबार राष्ट्रपति कार्यालयले सूचना प्रकाशित गरी प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेको जानकारी दिएको छ ।
Advertisement
राष्ट्रपति कार्यालयका अनुसार रिक्त अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त हुनुभएको छ । यस्तै, नयाँ थपिएका लिलानाथ श्रेष्ठलाई महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी दिइएको छ भने कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्री बनाइएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा पार्वत गुरुङलाई ल्याइएको छ ।
पुनर्गठन गरिएको मन्त्रिपरिषदमा प्रधानमन्त्रीले रक्षा मन्त्रालयको जिम्मा आफैँ लिनुभएको छ भने ईश्वर पोखरेललाई उपप्रधानमन्त्रीसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको जिम्मेवारी दिइएको छ ।
यस्तो छ, पुनर्गठित मन्त्रिमण्डल
