• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

भारी वर्षाको चुनौती

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

विकास निर्माणको कामलाई गति दिन निर्देशन

मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव

घट्यो सुनचाँदीको मूल्य

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. हार्दिक शुभकामना

  • ८. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ९. आदर्शको पहाड

  • १०. राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट

महिलामाथिको घटनाका अपराधीलाई कडा कारबाही गर्न तीन महिला संगठनको माग


  •   बुधबार, असोज २८, २०७७ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल महिला सङ्घलगायतका तीन महिला सङ्गठनले देशैभरि बढ्दै गइरहेका महिला हिंसाको घटनाका अपराधीमाथि कडा कारबाही गर्न माग गरेका छन् । २०७७ असोज २८ गते प्रेसवक्तव्य जारी गर्दै उनीहरूले यस्तो माग गरेका हुन् ।

    Advertisement

    अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की महासचिव शारदा महत र अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी सचिवालय सदस्य राजकुमारी शाहीको हस्ताक्षरमा जारी सो वक्तव्यमा देशमा पछिल्लो समयमा बढ्दै गइरहेका महिला हिंसाको घटना सिङ्गै मुलुकका लागि चिन्ता र लज्जाको विषय भएको बताउँदै यस्तो माग गरिएको हो ।

    राष्ट्रियता कमजोर भइरहेको, देशमा मूल्यवृद्धि, भ्रष्टाचार, अनियमितता, कालोबजारी बढ्दै गइरहेको तथा कोरोना सङ्क्रमण रोक्न सरकारको नालायकीपनजस्ता विषय उठाइएको सो वक्तव्यको पूर्ण पाठ यस्तो छ–

    “देशका विभिन्न जिल्लाहरूमा लगातार रूपमा महिलामाथि भइरहेको सामूहिक बलात्कार, बलात्कारपछि हत्या, बोक्सीको नाममा कुटपिट, घरेलु हिंसालगायतका घटनाप्रति संयुक्त महिला सङ्घ सङ्घर्ष समितिको गम्भीर ध्यान आकर्षित भएको छ । उक्त घटनाप्रति सङ्घर्ष समितिले गम्भीर खेद प्रकट गर्दछ ।

    केही समयअघि भक्तपुरमा बसचालक र सहचालक मिलेर एक १७ वर्षीय युवतीलाई रोकिराखेको बसभित्र बन्धक बनाई सामूहिक बलात्कार गरेको घटना विभिन्न सञ्चार माध्यमबाट बाहिर आएको छ ।

    बझाङ बुङ्गल नगरपालिकाकी २१ वर्षीय युवतीलाई उपचार गर्ने निहुँमा भारत लगी उनकै श्रीमानको मिलेमतोमा ससुरा, काकाससुरा, नन्देभाइले महिनौँसम्म बलात्कार गरेको विभिन्न यातना दिएको र उनीहरूले पैसा लिई परपुरुषलाई बलात्कार गर्न लगाएको घटना सार्वजनिक भएको छ । उक्त घटनाले उनी शारीरिक, मानसिक रूपमा विक्षिप्त भई हाल बझाङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

    बझाङ मष्टा गाउँपालिकाको १२ वर्षीय बालिका सम्झना कामीको बलात्कारपछि हत्या भएको छ । पर्सा जिल्ला छिपरमाई गाउँपालिका–३ की ४५ वर्षीय एकल महिला उमादेवी ठाकुरलाई उनका देवर, छिमेकी र एक जना प्रतिनिधि मिली चरित्रहीन र बोक्सीको आरोपमा कपाल काटी कालोमोसो दलेर कुटपिट गर्दै अर्धनग्न अवस्थामा गाउँ घुमाएको घटना सार्वजनिक भएको छ । माथि उल्लेखित घटनाहरू प्रतिनिधिमूलक घटना मात्र हुन् ।

    महिलामाथि भइरहेका सबै घटना अत्यन्त अमानवीय बर्बर र निच प्रकारका घटना हुन् । ती सबै घटनामा संलग्न अपराधीलाई कडाभन्दा कडा कारबाहीका लागि जोडदार माग गर्दछौँ र पीडितलाई उचित क्षतिपूर्ति, उपचार र पुनःस्थापनाका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौँ ।

    मुलुकमा दिनानुदिन बढिरहेको महिला, बालिकामाथिको बलात्कार, हत्या, हिंसाका घटना सामान्य र व्यक्तिगत घटना होइनन् । यो सिङ्गो मुलुकका लागि चिन्ता र लज्जाको विषय हो । समाजमा बारम्बार दोहोरिने यस प्रकारका घटनाले हाम्रा सामाजिक मूल्यमान्यता बिग्रँदै र धरासायी हुँदै गइरहेको कुरालाई बताउँछ । यस प्रकारको समस्या समाधान गर्नका लागि राज्यले सामाजिक, मानवीय, आर्थिक, मानसिक सबै क्षेत्रको अध्ययन गरी गम्भीरतापूर्वक लाग्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौँ । साथै जबर्जस्ती बलात्कार, घरेलु हिंसा, बोक्सीलगायतका घटनामा संलग्न अपराधीलाई कडाभन्दा कडा कारबाहीका लागि विद्यमान कानुनलाई थप कडा बनाउने कानुनको कठोर कार्यान्वयन गराउने र घटनाको अनुसन्धान पद्धति, प्रभावकारिता र छिटो न्यायका लागि आवश्यक कदम चाल्न जोडदार माग गर्दछौँ ।

    अहिले देशमा दैनिक उपभोग्य वस्तुमा व्यापक मूल्यवृद्धि भइरहेको छ । महङ्गी, भ्रष्टाचार, अनियमितता बढेको छ । कालाबजारीको बिगबिगी छ । राष्ट्रियता कमजोर भइरहेको छ । सार्वजनिक यातायातको भाडा बढाइएको छ । सार्वजनिक यातायातमा कोरोना भाइरस सङ्क्रमण हुनबाट जोगिन कुनै सावधानी अपनाइएको छैन । माथि उल्लेखित समस्याले सरकारको नालायकीपनको उजागर हुन्छ । यी सबै विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौँ र सर्वसाधारण जनताको पक्षमा कदम चाल्न सरकारसँग जोगदार माग गर्दछौँ ।”

    बुधबार, असोज २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ
    पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द
    भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता
    भारी वर्षाको चुनौती
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

    • २.
      पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

    • ३.
      भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

    • ४.
      भारी वर्षाको चुनौती

    • ५.
      पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    • ६.
      तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

    • ७.
      विकास निर्माणको कामलाई गति दिन निर्देशन

    • ८.
      मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.