• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

भारी वर्षाको चुनौती

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

विकास निर्माणको कामलाई गति दिन निर्देशन

मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव

घट्यो सुनचाँदीको मूल्य

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. हार्दिक शुभकामना

  • ८. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ९. आदर्शको पहाड

  • १०. राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट

मंसिर र पुष महिनाभर देशब्यापी भेला-प्रशिक्षण सञ्चालन गर्ने युवक संघको तयारी


  •   बुधबार, असोज २८, २०७७ मा प्रकाशित
  • काठमाडौं । अखिल नेपाल युवक संघले आगामी मंसिर र पुष महिनाभर देशब्यापीरुपमा बैठक, भेला तथा प्रशिक्षण सञ्चालन गर्ने ठेगान गरेको छ । मंगलबार बसेको युव संघको भर्चुअल बैठकले केन्द्र, प्रदेश, जिल्ला रस्थानीयस्तरका प्रशिक्षण हरु सम्पन्न गर्ने निर्णय गरेको हो ।

    Advertisement

    यस्तै, युवक संघले समसामयिक विषयमा सरकारलाई खबरदारीका साथै कोभिडले युवा वर्गमा पारेको असरबारे बृहत भर्चुअल अन्तरक्रिया गर्ने समेत ठेगान गरेको छ ।

    अध्यक्ष अनिलकिशोर घिमिरेले बुधबार प्रेशित गर्नुभएको विज्ञप्तिमा कोभिडको नाममा अन्य रोग लागेका बिरामीहरुसमेत उपचार बाट बन्चित भैरहेको भन्दै मेडिकल माफियाहरुले राज्य संयन्त्रसँग मिलेर बिरामीको स्वास्थ्य माथि खेलवाड गरिरहेको आरोप लगाइएको छ ।

    युवक संघले असक्षम र कालो सूचीमा रहेका ठेकेदारहरुलाई ठुलाठुला योजना सुम्पने र गुणस्तरहीन काम गराएर मोटो कमिसन खाने गरिएको भन्दै आपत्ति पनि जनाएको छ । यस्तै, नेपालमा विभिन्न नाममा विदेशी शक्तिकेन्द्रहरु प्रवेश गरिरहेका र नेपाली स्वाभिमानका विरुद्ध चलखेल गरिरहेका भन्दै युवक संघले उनीहरुका सबै षडयन्त्रलाई परास्त गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।

    यस्तो छ विज्ञप्ति
    ‘१) अखिल नेपाल युवक संघ केन्द्रीय समितिको भर्चुअल बैठक सम्पन्न भएको छ। बैठकले कोभिड १९ को कारण स्थगित भएका संगठनका गतिविधिहरुलाई परिस्थितिको ख्याल गर्दै अगाडि बढाउने निर्णय गरेको छ। जसअनुसार आगामी कार्तिकसम्म नव युवा गर्जन प्रकाशित गर्ने, मंसिर र पौष महिनाभर स्थानीय तहमा बैठक, भेला, प्रशिक्षण गर्ने ठेगान गरेको छ । केन्द्रीय र प्रदेश साथै जिल्लास्तरका प्रशिक्षणहरु सम्पन्न गर्ने निर्णय गरिएको छ । कोभिडले युवा वर्गमा पारेको असरबारे बृहत भर्चुअल अन्तरक्रिया गर्ने समेत ठेगान भएको छ ।

    २) केन्द्रिय सचिब भक्त विकले संगठनका अन्य जिम्मेवारीहरु पूरा गर्नुपर्ने जनाइ दिनुभएको राजीनामा स्वीकृत गरिएको छ। केन्द्रीय सदस्य आशिष जबेगु, शिव फुयाल, राष्ट्रिय परिषद सदस्य समर शाहीले संगठनको अनुशासनमा बस्न नसकेकोले केन्द्रीय समितिबाट निस्काशन गरिएको छ ।केन्द्रीय सल्लाहकार जितामित्र सुनार र बालकृष्ण सुबेदीले पनि अनुशासन विरुद्धको गतिविधिमा संलग्न भएकोले सल्लाहकारबाट निलम्बन गरिएको छ। केन्द्रीय सल्लाहकारमा भक्त विकलाई थपिएको छ।

    ३) कोभिड को नाममा कयौं अन्य रोग लागेका बिरामीहरु समेत उपचारबाट बन्चित भैरहेका छन् । मेडिकल माफियाहरुले कोभिडको बाहनामा राज्य संयन्त्रसँग मिलेर बिरामीको स्वास्थ्यमाथि खेलवाड गर्ने अपराधिक कार्य र भ्रस्टाचार गरिरहेका समाचार आइरहेका छन् । सरकार सञ्चालक दलहरु विश्वब्यापी समस्याको रुपमा देखा परेको समस्या समाधान गर्ने, यसबाट जोगिन उपायहरु खोज्ने, नागरिकको स्वास्थ्यप्रति जिम्मेवार बन्नु पर्नेमा ब्यक्तिगत र गुटगत स्वार्थमा ब्यस्त भैरहेका छन् ।गणतन्त्रमा समेत जनताप्रति उत्तरदायी सरकार हामीले पाउन सकेका छैनौं । कयौं असक्षम र कालो सूचीमा रहेका ठेकेदारहरुलाई ठुलाठुला योजना सुम्पने र गुणस्तरहीन कामहरु गराउने साथै मोटो कमिसनको खेलमा कयौं महत्त्वपूर्ण योजनाहरु अलपत्र पार्ने काम गरिएको छ । हामी यसप्रकारको कार्यको बिरोध गर्न चाहान्छौं । राज्यको यही प्रकारको अकर्मण्यता हुने हो भने मुलुक भयावह आर्थिक संकट र स्वास्थ्य संकटमा फँस्ने निश्चित छ । यस्तो अवस्थामा आम जनता र युवावर्गले सरकारका गलत काम कार्बाहीको खबरदारी गर्नु जरुरी छ।

    ४) कोभिडको विश्वब्यापी समस्याकोबीचमा कयौं विदेशी शक्तिकेन्द्र, दलाल, पूँजीपतिहरु नेपालको स्वाभिमानको विरुद्धमा आर्थिक सहयोगको नाममा धार्मिक सांस्कृतिक जागरणको नाममा, शैक्षिक सुधारको नाममा, प्रवेश गरिरहेका छन् । तिनीहरुका षड्यन्त्रहरुलाई परास्त गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा गर्नुपर्ने छ । त्यसको लागि आम जनसमुदाय र युवा तप्का लाई सचेत रहन आग्रह गर्दछौं ।’

    यो पनिः अनुशासन उल्लंघन गर्ने पाँच नेतालाई युवक संघले गर्‍यो कारबाही

    बुधबार, असोज २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ
    पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द
    भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता
    भारी वर्षाको चुनौती
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

    • २.
      पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

    • ३.
      भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

    • ४.
      भारी वर्षाको चुनौती

    • ५.
      पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    • ६.
      तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

    • ७.
      विकास निर्माणको कामलाई गति दिन निर्देशन

    • ८.
      मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.