काठमाडौं । साउदी राजा सलमानका अंगरक्षकलाई व्यक्तिगत विवादका कारण उनका एक साथीले गोली हानेर हत्या गरेको अधिकारीहरूले बताएका छन् । शनिवार राति एकजना साथीलाई भेट्न जाँदा राजा सलमानका अंगरक्षक जेनरल अब्देल अजिज एल फागमको माम्दूह बिन मेशाल अल अलीसँग विवाद भएको बताइएको छ।
प्रहरीका अनुसार अली जेद्दाहस्थित घरबाट निस्किए र पछि बन्दुक लिएर फर्किए। फागमलाई गोलीलाई साङ्घातिक आक्रमण गरेका ती व्यक्तिले आत्मसमर्पण नगरेकाले गोली हानिएको र पछि उनको मृत्यु प्रहरीले जनाएको छ। गोली लागेका फागमको मृत्यु अस्पतालमा भयो। ती व्यक्तिले अन्धाधुन्ध चलाएकाले सात जना घाइते भएको बताइएको छ।
घाइते हुनेमा दुई जना फागम गएको घरमा रहेका व्यक्ति र पाँचजना सुरक्षाकर्मीहरू रहेको बताइएको छ। जेनरल फागम साउदी अरबमा निकै प्रख्यात थिए। उनी राजा सलमानसँग नजिक थिए। उनले राजा अब्दुल्लाहको पनि अङ्गरक्षकका रूपमा काम गरेका थिए।
सामाजिक सञ्जालमा उनलाई नायकका रूपमा चित्रित गरिएको छ। सलमानको राज्यारोहण सन् २०१५ मा भएको थियो। त्यति बेला उनी ७९ वर्षका थिए।
तर धेरैलाई राजा मोहम्मदका छोरा युवराज मोहाम्मद बिन सलमान बढी शक्तिशाली भएको लाग्छ। बीबीसी
